२०८२ माघ २६
बुटवल ।
ईलाका प्रहरी कार्यालय लुम्बिनी रुपन्देहीले कटुवा पेस्तोल सहित आइतबार एक जनालाई पक्राउ गरेको छ । प्रहरी निरीक्षक युवराज जंग कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले लुम्विनी साँस्कृतिक नगरपालिका वडा नं ६ बसपार्कबाट युपी ५५ एडी ०६८४ नम्बरको मोटर साईकल शंका लागी पिछा गर्दै जाने क्रममा मोटरसाइकल अनियन्त्रित भई गोरुलाई ठक्कर दिई दुर्घटना भएका थियो ।

दुर्घटनामा मोटरसाइकल चालक भारत सिद्दार्थनगर बस्ने बर्ष ३४ का मेदि हुसेन, पछाडी सवार सोही स्थान बस्ने बर्ष ५१ को अक्बर खान, पछाडी सवार सोही स्थानका बर्ष ५५ को आसिक अलि गरी ३ जना घाइते भएका छन । उनिहरुको अनुहारमा चोट लागेको र अबस्था मध्यम रहेको छ । साथै घटना स्थलमा मोटरसाइकल चालक वर्ष ३४ को चिनक भनिने मेदि हुसेनको दाहिने कम्मरपेटि बाट कालो प्लास्टिकको झोला भित्र एउटा कटुवा पेस्तोल के एफ ९एमएम लेखिएको २ राउण्ड गोली र चक्कु १ थान फेला पारी बरामद गरिएको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।