२०८१ आश्विन ४

भारतमा कोरोना फेरी बढ्याे
  • लुम्बिनी खोज
  • २०७९ असार २१, मंगलवार ०८:०९ गते

बुटवल ।

भारतमा कोरोना संक्रमण दर दैनिक रुपमा उच्च गतिमा बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा थप १६ हजार जना मानिसमा काेराेना संक्रमण पुष्टि भएकाे छ। अहिले भारतमा कोरोनाका कुल सक्रमितको संख्या ४ करोड ३५ लाख १८ हजार ५ सय बढी पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा काेराेना संक्रमणका कारण २४ जनाको मृत्यु भएको छ । भारतमा १ लाख १३ हजार ८ सय ६४ सक्रिय संक्रमित रहेका छन् । भारतमा कोरोनाबाट अहिलेसम्म ५ लाख २५ हजार २ सय २३ जनाको मृत्यु भइसकेको छ । भारतमा केही दिनयता सक्रिय सङ्क्रमितको सङ्ख्या १ लाख भन्दा बढी भएको छ । भारतमा १ अर्ब ९६ करोड ८६ लाख डोज भन्दा बढी कोरोना खोप मानिसले लगाइसकेका छन् ।

एजेन्सीको सहयोगमा