२०८१ माघ ६

लुम्विनीका २ अस्पतालमा निशुल्क सेवा शुरु ओपिडि, इमर्जेन्सी टिकट र जनरल वेड निशुल्क 
  • लुम्बिनी खोज
  • २०७९ श्रावण १, आईतवार १७:३६ गते

बुटवल  ।

लुम्विनी प्रदेशका २ वटा अस्पतालमा आइतवारदेखि ओपिडि टिकट, इमर्जेन्सी टिकट र जनरल वेड निशुल्क गरिएको छ । लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयद्वारा लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट साउन १ गतेदेखि ती सेवा निशुल्क गरिएको हो । ओपिडी र बेड निःशुल्क गर्न प्रदेश सरकारले यस आर्थिक वर्षको बजेटमा एक करोड ५० लाख रुपैया बिनियोजन गरेको छ । यस्तै साउन १ गतेदेखि प्रदेशका सरकारी अस्पतालमा सेवा लिने विरामीहरुका लागि रगत पनि निशुल्क गरिएको छ । रगत निशुल्क गर्न लुम्बिनी प्रादेशिक अस्पताल र रक्तसंचार सेवा केन्द्रबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सरकारले वजेटमा निशुल्क रगतका लागि ३ करोड रुपैयां वजेट छुट्टाएको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा दैनिक १ हजार बिरामी सेवाका लागि आउने गर्दछन् । रगतको लागि आवश्यक पर्ने कभर, स्टोर म्यापिङलगायत गरी ८०० रुपैयाँ शुल्क तिनुपर्ने अवस्था थियो ।

निशुल्क सेवाको आइतवार बुटवल स्थीत लुम्विनी प्रादेशिक अस्पतालमा भएको शुभारम्भ कार्यक्रममा वोल्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरलाई नमूना अस्पताल बनाउन प्रदेश सरकार लागि परेको बताए । कार्यक्रममा संविधान सभा सदस्य विनोद पहाडी, मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयका सचिव नरेन्द्र रानामगर, स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटा, अस्पतालका मेडिकल सुपरिटेण्डेट डाक्टर इन्द्र ढकाललगायतले स्वस्थ्य क्षेत्रका बारेमा चर्चा गरेका थिए ।