२०८२ माघ २६

तिलोत्तमामा कल सेन्टरमा अबैध गतिबिधीकोआरोपमा प्रहरीको छापा
  • लुम्बिनी खोज
  • २०७९ श्रावण ८, आईतवार १०:४९ गते

बुटवल ।
रुपन्देही तिलोत्तमा २ मा रहेको कल सेन्टरबाट अबैध गतिबिधीको आरोपमा प्रहरीले छापा मारेको छ । कल सेन्टरमा अबैध गतिबिधीको गरेकोले कार्यलयमा छापा हानेको जिल्ला प्रहरी कार्यलय रुपन्देहीले जनाएको छ ।

प्रहरीले कल सेन्टरबाट अवैध रूपमा सर्वसाधारणलाई म्यासेज पठाई ‘ट्रयाप’मा पारेको प्रमाण फेला पारेको बताएको छ । उक्त स्थानबाट प्रहरीले केहीलाई नियन्त्रणमा लिएको जनाएको छ । उनीहरूमाथि कार्यालय सञ्चालन गरेर सर्वसाधारणलाई ‘ब्ल्याकमेलिङ’ गरेको आरोप छ । प्रहरीका अनुसार जानकीनगरमा चार तलाको घरमा तीनवटा फल्याट भाडामा लिएर तीन सय कम्प्युटर राखी त्यसकै माध्यमबाट सर्वसाधारणलाई म्यासेज पठाई ट्रयापमा पारेको प्रहरी अनुसन्धानबाट भेटिएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो । एक भारतीय नागरिकसमेतको लगानीमा खोलिएको उक्त कार्यालयबाट सर्वसाधारणको ह्वाट्सएप र फेसबुकमा अश्लील म्यासेज पठाउने तथा चिट्ठा पर्‍याे भन्दै ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा पाइएको प्रहरीले जनाएको छ ।