२०८२ माघ २६

अश्लिल तस्वीरको ब्ल्याकमेल गरी यौनसम्पर्कको प्रस्ताव राख्नेहरु पक्राउ
  • लुम्बिनी खोज
  • २०७९ श्रावण १०, मंगलवार ०९:१४ गते

 यौनसम्पर्कको प्रस्ताव अस्वीकार गर्दा बलत्कारको प्रयास

बुटवल  ।
अश्लिल तस्वीरको ब्ल्याकमेल गरी यौनसम्पर्कको प्रस्तावदेखि जर्वजस्ती करणी उद्योग गर्ने दुइ जना रुपन्देहीमा पक्राउ परेका छन । रुपन्देही सैनामैनाकी १९ वर्षिय युवतीको अश्लिल तस्वीरलाई सार्वजनिक गरिदिने धम्की दिदै ब्ल्याकमेल गर्न खोज्ने गैडहवाका दुइ जना पक्राउ परेका हुन ।
इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी इन्सपेक्टर जगन्नाथ मरासिनीका अनुसार युवतीले डेढ वर्ष अगाडी आफ्नो मोवाइलले खिचेको आफ्नै अश्लिल तस्वीर केटाहरुले फेला पारेपछि तस्वीर ब्ल्याकमेल गर्दै यौनसम्र्पकको प्रस्ताव राखेका थिए । यौन सम्पर्क गर्न अस्वीकार गरेपछि जर्वजस्ती गर्न खोज्दा भागेकी युवतीलाई प्रहरीले उद्धार गरेको छ । जर्वजस्ती करणी उद्योग गर्ने गैडहवा गाउँपालिकाका  बर्ष १७ का एक जना र गैँडहवा गाउँपालिक वडा नं ९ वस्ने बर्ष २० को जगन्नाथ मल्लाहलाई  सैनामैना नगरपालिका वडा नं ७ देउपारबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी निरिक्षक मरासिनिका अनुसार उनी सहितको प्रहरी गस्ति टोलिले राती साढे १० बजे युवतीरुँदै गरेको अवस्थामा फेला पारेको थियो । एकान्त ठाउँमा रुदै गरेको अवस्थामा सोधपुछ  गर्दा युवतीले आफू व्ल्याकमेलिङमा परेको कुरा प्रहरीलाई बताएकी थिइन ।

यसरी शुरु भयो ब्ल्याकमेल
एक डेढ बर्ष पहिला युवतीले आफ्नै मोबाईलमा खिचेका निजि तस्विरहरु अपरिचित व्यक्तिले फेला पारेपछि करिब १५ दिन अगाडी देखि फोटो भाइरल गराइदिने भन्दै ब्ल्याकमेल गर्न शुरु हुन्छ । अपरिचित व्यक्तिले उक्त फोटोहरु युवतिको बहिनी नाता पर्नेलाई केहि दिन अघिदेखी नै पठाएर तेरो दिदीको बेईज्जत गरिदिन्छु फोटो भाईरल गराईदिन्छु, ईज्जत बचाउने हो भने मैले भनेजस्तो गर्न भनिदे भन्दै खबर पठाएको थियो ।
त्यसपछि ति युवति आफ्नो ईज्जत जाने डरले ति अपरिचित व्यक्तिलाई आफ्नो नम्बर दिइ पटकपटक कुरा गर्छिन । फोन गरी भेट्न आउने भए आउ नत्र फोटो भाईरल गराईदिन्छु भनि डर देखाई धम्कि दिएपछि ति युवती शनिवार साँझ भेट्न गएकी थिइन ।
साँझको पौने आठ बजेको आसपासमा बारम्बार ब्याकमेल गर्ने उनै अपरिचित अनुहारका दुईजना मानिसहरु भेटिन्छन् र फोटो डिलिट गरिदिन युवतिले बारम्बार अनुरोध गर्छिन तर उनिहरुले यहाँभन्दा केहि तल एउटा खालि घर छ त्यहिँ जाउँ अनि त्यहिँ बसेर तिम्रा फोटोहरु डिलिट गरिदिउँला भनि करिब रातको नौ बज्नै लागेको समयमा अटोमा चढाई डेढ दुई कि.मी तल लिएर कञ्चन गाउँपालिकाको हात्तिबजार भन्ने ठाउँमा लैजान्छन् ।युवतीले प्रहरीलाई बताए अनुसार  त्यहाँ पुग्ने बित्तिकै यौन सम्पर्क गर्न नदिएसम्म  फोटोहरु डिलिट नगर्ने र   ईज्जत बचाउने भए यौन सम्पर्क गर्नुपर्छ भनि दवाव युवाहरुले दिन्छन  । दवाव पछि रुन थालेको अवस्थामा करणीको प्रयास समेत  भएपछि  रुँदै होहल्ला गर्दै भागेर कलौनि–लुम्बिनी मुलबाटोमा निस्केको युवतीले प्रहरीलाई बताएकी छिन ।
युवति भागेर घर जान लाग्दा पुनः उनै व्यक्तिले फोन गरी आउनेभए आईज नत्र भोलि बिहान फेसबुक हेर्नु भनि तर्साउछन, उनीहरुको धम्कीपछि युवति एकान्त ठाउँमा रुँदै बसिरहेको रातको पौने एघार बजेको समयमा प्रहरीले फेला पारी उद्धार गरेको थियो । उनले प्रहरी टोली सामु आफू ब्ल्याकमेलिङमा परेकोले आफूलाई बचाउन अनुरोध गरेकी थिइन ।
प्रहरीले युवाहरुसगबाट स्मार्टफोन र १३ थान कण्डम बरामद गरेको छ । पक्राउ परेका दुवैजनालाई जवर्जस्ती करणी उद्योग कसुर अन्तरगत म्याद थप भई थप अनुसन्धान भैरहेको प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले बताए ।