२०८१ श्रावण १२

कल सेन्टर प्रकरणः पक्राउ परेकालाई ठगी मुद्दा
  • लुम्बिनी खोज
  • २०७९ श्रावण ११, बुधबार ०८:०६ गते

अनुसन्धानमा साइवर ब्यूरोको टोलि पनि खटियो 

बुटवल । रुपन्देहीको तिलोत्तमामा सञ्चालनमा रहेको ब्लुस्काई बिजनेस सोलुसन प्रा.लिबाट पक्राउ परेका २ जनालाई प्रहरीले ठगी मुद्दा लगाएको छ । अनलाईन मार्फत ठगी गरेको पाइएपछि ठगी मुद्दा चलाइएको प्रहरीले जनाएको छ । तिलोत्तमा २ जानकीनगर स्थित प्रेमराज गुरुङको घरमा सञ्चालित ब्लुस्काई बिजनेस सोलुसन प्रा.लिमा विद्युतिय अपराध भईरहेको भन्ने सुचनाको आधारमा प्रहरीले आइतवार घर खान तलासी गरेको थियो । तिनवटा तल्लामा बिभिन्न सामाजिक संजाल र एप्सहरु मार्फत बिभिन्न व्यक्तिहरुलाई म्यासेज गरी बैंक लोन अफर गर्ने भनि प्रलोभन देखाउने, धम्की हैरानी दिने र अश्लिल सामाग्रीहरु समेत पठाई ठगि गर्ने कार्यमा संग्लन रहेका २ जनालाई ठगी मुद्दा चलाएको छ । प्रालिबाट १ सय १५ जना पुरुष र ९८ जना महिला कर्मचारी समेत २ सय १३ जनालाई निगरानीमा राखी अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार मुख्य भुमिकामा रहेका दाङ घोराही १३ हिमाल बाठा मगर र भारत विहार प्रदेश गायविद्या पञ्चायत मचारी को जिसाद दवाङ्गे भन्ने निरञ्जन कुमारलाई पक्राउ गरी ठगी मुद्ददा दर्ता गरिएको छ ।

प्रहरीले यहा रहेका कम्प्युटर लगायत अन्य उपकरणहरु बरामद गरी थप अनुसन्धान गरिरहेको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रनाउ ठगवहादुर केसीका अनुसार साइबर ब्यूरोको टोलि समेत अनुसन्धानमा खटेको छ । साइबर ब्यूरोबाट २ जना आएको उनले बताए । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक रवीन्द्र रेग्मीले अनलाइनबाट ऋण दिने गरी गतिविधि गरेको र बैंकमा खाता खोल्दा जस्तै केवाइसी भर्ने र ऋण दिने गरिएको पाइएको बताएका थिए । ऋण प्रवाह गर्दा करिब ४० प्रतिशत कर र ब्याजका नाममा काटेर दिने गरिएको पाइएको छ । रुपन्देहीबाट सञ्चालन गरिएको यस किसिमको गतिविधिबाट पीडित हुनेमा भारतीय नै रहेका छन । केवाइसी मार्फत ब्यक्तिगत सुचना हासिल गरेपछि उसलाई रकम भुक्तानीका लागि अनेक किसिमका दवाव बढाउने गरेको पाइएको प्रहरीको भनाइ छ । मिटर ब्याजी जस्तै गरी रकम असुल गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा देखिएपनि थप अनुसन्धानबाट थप कुरा खुल्ने प्रहरीले जनाएको छ । यो गिरोहमा को को सहभागि छन भन्ने अझै स्पष्ट खुलेको छैन । पक्राउ परेका भारतीय नागरिकले प्रारम्भिक बयानमा २ जना चाइनिज नागरिकको समेत स.लग्नता रहेको बताएका छन । तर ती को हुन र लगानी कर्ता को को हुन कति ठगिए भन्ने अनुसन्धानमा प्रहरी रहेको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार यो कल सेण्टर ६ महिनादेखि सञ्चालनमा रहेको पाइएको छ । कल सेण्टरमा एसइइ जाच दिएका देखि १२ कक्षा उत्तिण गरेका धेरै किशोर किशोरीहरुले काम गरेको पाइएको छ । यहा काम गर्नेहरुलाई श्ुरुमा एक साताको तालिम दिएको पाइएको छ । हिन्दि, चाइनिज देखि अग्रेजी भाष सम्मको तालिम दिइएको पाइएको छ । कसरी काम गर्ने भनेर भाषाको तालिम देखि अन्य तालिम दिइएको पाइएको प्रहरीको भनाइ छ ।