२०८२ कार्तिक २८

एमाले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभागको बैठक
  • लुम्बिनी खोज
  • २०७९ श्रावण ११, बुधबार १०:२२ गते

यातायात क्षेत्रको अनियमितता रोक्न पहल गर्ने
बुटवल ।
नेकपा एमाले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभागको बैठक बुधबार बुटवलमा सम्पन्न भएको छ ।
विभागका प्रमुख कुमार थापामगरको अध्यक्षता र एमाले पोलिटब्यूरो सदस्य लिला गिरीको प्रमुख आतिथ्यमा बसेको बैठकमा समसामयिक विषयमा छलफल भएको थियो । बैठकले यातायात क्षेत्रमा भैरहेको अनियमितता, भ्रष्टाचार र लापरवाहीको अध्ययन अनुगमन गर्ने निर्णय गर्दै दुर्घटना न्युनीकरणका लागि विज्ञहरुसँग रायसुझाव लिने निर्णय समेत गरेको छ ।
विज्ञहरुसँगको सुझावका आधारमा समग्र यातायात क्षेत्र सुधारका लागि बृहत कार्यशाला गोष्ठीको आयोजना गर्ने निर्णय पनि बैठकले गरेको विभागका प्रमुख कुमार थापामगरले जानकारी दिए । यातायात कार्यालयहरुबाट प्रदान गरिने सेवा प्राप्त गर्न विचौलियाको सहयोग लिनुपर्ने वाध्यता बषौंदेखि चल्दै आएको भन्दै बैठकले यो बिषयलाई रोक्न राज्यसँग कुनै स्पष्ट दृष्टिकोण नभएको ठहर समेत गरेको छ
बैठकमा एमाले पोलिटब्यूरो सदस्य लिला गिरी, लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कंडेल, उपाध्यक्ष भोजप्रसाद श्रेष्ठलगायतले समसामयिक विषयमा आ–आफ्नो धारणा राखेका थिए ।