२०८१ आश्विन ४

स्व.गणेशमान सैंजुको स्मृति दिवशमा पुस्तक बिमोचन तथा सम्मान
  • लुम्बिनी खोज
  • २०७९ श्रावण १६, सोमबार ०८:२६ गते

बुटवल ।
कर्मयोगी तथा धर्मपाल उपाधी प्राप्त बुटवलका प्रतिष्ठित समाजसेवी स्व. गणेशमान सैंजुको ९० औं स्मृती दिवश बिभिन्न कार्यक्रम गरि मनाइएको छ । स्व.संैजुको स्मृति दिवशमा बुटवल उपमहानगरपालीका प्रमुख खेलराज पाण्डेसहित १ दर्जन बढि जनप्रतिनिधीहरुलाई सम्मान गर्नुका साथै दलित तथा बिपन्न बर्गका बालबालीकालाई छात्रबृत्ति प्रदान गरिएको थियो ।

     

सो अवसरमा बोल्दै उपमहानगर प्रमुख खेलराज पाण्डेले आध्यात्मिक र धार्मिक जागरण मार्फत समाजसेवा गर्ने स्व. गणेशमान सैंजुको मार्गदिशा अत्यन्तै महत्वपुर्ण, अनुकरणिय र सराहनिय पक्ष रहेको बताए । बिश्व हिन्दु महासंघका वरिष्ठ उपाध्यक्ष बेनबहादुर क्षेत्रीले स्व. सैंजुका पदचापलाई पछ्याउन सक्नु नै पछिल्लो पुस्ताका लागि मुख्य चुनौती रहेको उल्लेख गर्दै सामाजिक उत्प्रेरणाका धनी स्ब सैंजुले गरेका कामहरुको स्मरण गरे ।
बिश्व हिन्दु महासंघ रुपन्देहीका अध्यक्ष महेश्वर श्रेष्ठको सभापतित्व र उपाध्यक्ष अनुपमान सैंजुको संचालनमा सम्पन्न सो कार्यक्रममा स्व. सैंजुका पत्नी कृष्णप्यारी सैंजुको समृतिमा प्रकासित आमा स्मृति ग्रन्थ बिमोचन गरिएको थियो । साथै धार्मिक क्षेत्रमा योगदान पुराएका कृष्णप्रसाद कोईराला, ज्ञानु अर्याल लगायतलाई पनि दोसल्ला र कदरपत्रले सम्मान गरिएको थियो ।