२०८२ माघ २९
बुटवल २७ फागुन ।
बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीमा नवनिर्वाचित कार्यसमितिको पदस्थापन गरिएको छ । एक समारोहका बिच नवनिर्वाचित अध्यक्ष पदाधिकारी सहित कार्यसमिति सदस्यहरुलाई पदस्थापना गराईएको हो ।
संघको ६७ औं वार्षिक साधारण सभा तथा २४ औं अधिवेशनबाट अध्यक्षमा उज्ज्वलप्रसाद कसजु, वरिष्ठ उपाध्यक्षमा दिनेशप्रसाद श्रेष्ठ, उद्योग उपाध्यक्षमा टंकप्रसाद गैरे, वाणिज्य उपाध्यक्षमा नरिश्वर शर्मा पौडेल, महासचिवमा बिमलराज भट्टराई, कोषाध्यक्षमा नविनप्रसाद श्रेष्ठ र सचिवमा मुक्ति अधिकारी निर्वाचित भएका थिए ।
त्यस्तैगरी एशोसियट सदस्यमा आनन्दप्रसाद वझा, ४ उद्योग सदस्यमा नरेशकुमार श्रेष्ठ, नेत्रप्रसाद पाण्डे, निर्मित कसजु, र संजय कलवार जयसवाल तथा ४ बाणिज्य सदस्य पदमा काशिराम शर्मा पौडेल, मनोज ध्वजु, प्रकाशकुमार श्रेष्ठ र प्रतिक पोखरेल निर्वाचित भएका थिए । त्यस्तैगरी ७ खुल्ला सदस्यमा दिनेश श्रेष्ठ, दिपकप्रसाद चापागाई, कृष्ण श्रेष्ठ, मोह्मद जमिल खान, सुमोदमान सैंजु, टिकाराम बञ्जाडे, त्रिबिक्रम श्रेष्ठ तथा दुई महिला सदस्यमा जमुना पौडेल र मीना प्रधान निर्वाचित भएका थिए ।
प्रमुख निर्वाचन आयुक्त संघका कानुनी परामर्श दाता बाबुराम पाण्डेले नवनिर्वाचित कार्यसमितिका अध्यक्ष पदाधिकारी तथा सदस्यहरुलाई प्रमाण पत्र प्रदान गर्नुको साथै अध्यक्ष कसजुलाई सपथ ग्रहण गराएका थिए । नवनिर्वाचित अध्यक्षले कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई सपथ गराएका थिए ।
कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष कसजुले सबैलाई समेटेर कार्ययोजना तयार गरी त्यसका आधारमा संघका गतिबिधिलाई अगाडि बढाउने बताए । त्यस्तै निवर्तमान अध्यक्ष खिमबहादुर हमालले आफ्नो कार्यकालमा उद्योगी व्यबसायीका व्यबसायिक समस्या समाधानको लागि पहल पैरवी गर्दै कृषि सहितका तीन वटा मेला, दशैं बजार सञ्चालन गर्न सफल भएको र कृषिमा आधारित बहुउद्देश्यीय व्यबसायिक भवन निर्माणको लागि बुटवल १५ मा ७ कठ्ठा जग्गा खरिद समेत गरिएको जानकारी दिए । कार्यक्रममा लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. इश्वर गौतम, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी घिमिरे, संघका पूर्व अध्यक्ष जीवनप्रसाद वझा, रामेश्वरप्रसाद श्रेष्ठ, संघका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठ, महासचिव बिमलराज भट्टराईले आर्थिक क्षेत्रका बारेमा चर्चा गरेका थिए ।