२०८१ श्रावण १२

नेतृत्वका लागि बस ब्यवसायी चुनावी मैदानमा
  • लुम्बिनी खोज
  • २०७७ फाल्गुन २७, बिहीबार ०८:३४ गते

बुटवल,२७ फागुन ।
बस ब्यवसायीहरुको ठूलो प्रालि पश्चिम नेपाल बस ब्यवसायी प्रालिको नेतृत्व हात पार्न ब्यवसायीहरु चुनावी मैदानमा उत्रिएका छन । यही फागुन २८ र २९ गते हुने अबिधेशनका लागि दुइ वटा प्यानलले उम्मेदवार सार्वजनिक गरेका छन । एउटा प्यानल दधिराम खरेलको नेतृत्वमा चुनावी मैदानमा उत्रिएको छ भने अर्को प्यानको नेतृत्व पदमराज गाहले गरेका छन ।
नेपालकै ठूलो मध्येको एक पश्चिम नेपाल बस ब्यवसायी प्रालिमा २ हजार ३ सय ९६ यातायात ब्यवसायी आवद्ध रहेका छन । प्रालि स्थापना हुनु अघि संघका रुपमा ४८ वर्ष अघि स्थापना भएको यस प्रालि यातायात क्षेत्रमा चर्चित मानिन्छ । यातायात क्षेत्रको चर्चित र धेरै ब्यवसायी आवद्ध रहेको सस्था भएका कारण यहा प्रालिको नेतृत्वमा जान हानथाप हुने गरेको छ । यस पटक नेतृत्व हात पार्न कांग्रेस र कम्युनिष्टहरुको छुट्टा–छुट्टै प्यानल बनेका छन ।
कम्युनिष्टहरुले बनाएको प्यानलमा दधिराम खरेल, नारायणप्रसाद घिमिरे, जीवनकुमार बन्जाडे, गोपालबहादुर पौडेल, रामचन्द्र भुसाल, चेतनारायण बेल्बासे, मोहन पिएस, जितेन्द्र खत्री, कृष्णप्रसाद सापकोटा(सागर(, ऋषिराम डुम्रे र कुश्माखर रेग्मी रहेका छन । यस प्यानललाई ब्यवसायीक प्यानलका रुपमा अगाडी सारेको यस प्यानलका उम्मेदवारहरुले बताएका छन । त्यस्तै प्रजातान्त्रिक समुहको प्यानलमा पदमराज गाह, कृष्णप्रसाद पाण्डे, कृष्णप्रसाद बेल्वासे, दीपेन्द्रमान श्रेष्ठ, नारायण भण्डारी, प्रेम गौचन, रमेश प्रसाद अधिकारी, रुकमागत पाण्डे विदुर, लाल वहादुर शाह, सुरेन्द्रै श्रेष्ठ र शोभाखर भण्डारी रहेका छन । यी दुवै प्यानलले बुधवार बुटवलमा छुट्टाछुट्टै पत्रकार सम्मेलन गरी प्यानल सार्वजनिक गरेका हु्न । दुवै प्यानलका उम्मेदवारहरुले आफूहरुको उम्मेदवारी ब्यवसायीक हितका लागि रहेको बताएका छन ।