२०८१ मंसिर ८

राममणि क्याम्पसमा तीज विशेष कार्यक्रम
  • लुम्बिनी खोज
  • २०७९ भाद्र १०, शुक्रबार ०७:३६ गते

बुटवल ।
रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसमा तीज विशेष  साँस्कृतिक प्रतियोगिता बिहीबार सम्पन्न भएको छ ।

क्याम्पसका विभिन्न कक्षा एवम् तहका विद्यार्थीबीच भएको प्रतिस्पर्धात्मक कार्यक्रममा एम.बी.एस. चौथो समेष्टर पहिलो, कक्षा १२ दोस्रो र बी.ए. दोस्रो वर्षको समूह तेस्रो भएका थिए । सो अवसरमा विजयी समूहलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै क्याम्पस प्रमुख तारा प्रसाद पराजुलीले नेपाली संस्कृतिको जगेर्ना र विद्यार्थीमा अन्तरनिहित प्रतिभा प्रस्फुटनका लागि क्याम्पसले रचनात्मक कार्य गर्दै आएको बताएका थिए ।
क्याम्पसको अतिरिक्त क्रियाकलाप समितिका संयोजक जीवनकुमार पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय कलाकार प्रचण्ड जि.सी., प्राध्यापक गोपाल पन्थी र कविता पन्थीले निर्णायकको भूमिका निर्वाह गरेका थिए । साँस्कृतिक प्रतियोगितामा क्याम्पसका ११ वटा समूहले भाग समितिका सदस्य कुलबहादुर क्षेत्रीले जानकारी दिए ।
क्याम्पसका विद्यार्थीहरू कमल बुचा मगर र सन्ध्या थारूको सञ्चालनमा कार्यक्रम भएको थियो ।