२०८१ मंसिर १९
बुटवल ।
बुटवल स्थीत बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका छन । रुपन्देहीको बुटवल उपमहानगरपालिका वार्ड नं. १० रामनगरको बुटवल मण्डपमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको लागत १ अर्ब ३ करोड रहेको छ ।
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा मुख्य सभाहलमा एक हजार जना अटाउने क्षमता रहेको छ । यहा रहेका अन्य १२ वटा सानाठूला सभाहलमा समेत गरी २ हजार ७ सय जना अट्ने क्षमता रहेको छ । यो सभाहल आकाशबाट हेर्दा चन्द्र र सूर्य रहेको नेपालको झण्डा आकारमा रहेको छ ।
सम्मेलन केन्द्रको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले सरकार स्वच्छ सुन्दर शहर निर्माणमा जोड दिदै आएको धारणा राखे । बुटवलमा निर्माण सम्पन्न अन्तराष्ट्रिय सम्मेलन केन्द्रले यस क्षेत्रको आर्थिक गतिविधि बढाउन महत्वपूर्ण हुने पनि उनले बताए ।
कार्यक्रममा वोल्दै गृहमन्त्री बालकृष्ण खाणले बुटवल क्षेत्रको विकासका लागि यस क्षेत्रमा विभिन्न महत्वपूर्ण योजना अगाडी बढेको चर्चा गर्दै सरकारले औद्योगिक क्षेत्र स्थापना देखि सुरुङ मागका योजनाहरु अगाडी बढाएको बताए । सम्मेलन केन्द्रको सञ्चालन यस क्षेत्रको अर्थतन्त्र चलायमान हुने गरी सञ्चालन गर्नुपर्नेमा उनले जोड पनि दिए ।
त्यस्तै पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले रुपन्देहीलाई विकासमा मुलुककै नमुना जिल्ला बनाउने गरी योजनाहरु अगाडी बढेको बताए । शहरी विकास मन्त्री मेटमणि चौधरीले शहरहरुलाई चलायमान हुने गरी विकासका गतिविधि अगाडी बढेको बताए । लुम्विनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारले अगाडी बढाएका विभिन्न योजनाका बारेमा चर्चा गरेका थिए ।
पूर्व शहरी विकास मन्त्री रामकुमारी झाक्रीले सम्मेलन केन्द्र सञ्चालन गर्दा राम्रो कार्यविधि बनाएर अगाडी बढाउनुपर्नेमा जोड दिइन । कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर विश्वनाथ पौडेल, शहरी विकास मन्त्रालयका सचिव डाक्टर रमेश प्रसाद सिंह, बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेलगायतले विकास निर्माणका बारेमा चर्चा गरेका थिए ।