२०८१ पुष १२

ग्लोबल सहकारीमा शिक्षा तालिम
  • लुम्बिनी खोज
  • २०७९ भाद्र १२, आईतवार ०९:०९ गते

बुटवल ।
बुटवल स्थीत ग्लोवल वहुउद्देश्यीय सहकारी संस्था लि.ले आधारभुत सहकारी शिक्षा तालिम सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष पदम घिमिरेको अध्यक्षता तथा राष्ट्रिय सहकारी वैंक वुटवलका प्रमुख नारायण वेल्वासेको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ । उपाध्यक्ष ठानेश्वर वस्यालले स्वागत मन्तव्य ब्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव खगेश्वर भण्डारीले गरेका थिए ।
कार्यक्रममा संस्थाका सञ्चालक समिति , लेखा समिति, सल्लाहकार , उप समिति र कर्मचारीहरुलाई प्रशिक्षक नारायण वेल्वासेले सहकारी सम्वन्धी तालिम दिएका थिए । सहकारी शिक्षा तालिमका साथसाथै सदस्यहरुको सुविधाका लागी विभिन्न क्षेत्रमा छुटको सम्झौता गरिएको अध्यक्ष घिमिरेले बताए ।
जसमा वुटवल ६ मैत्रिपथ मा रहेको सि.आर.एल ल्यावमा सम्पुर्ण ल्याव परिक्षणमा भारी छुट हुने गरी सम्झौता गरिएको छ । त्यस्तै वुटवल ६ हस्पिटल लाइनमा भएको धनन्जय डेण्टल क्लिनिकमा सम्पुर्ण दात सम्वन्धी उपचारमा पनि भारी छुट का लागि सम्झौता गरिएको छ ।
वुटवल ६ मैत्रिपथ तथा वुटवल ९ शिवालय मन्दिर नजिकै भएको स्काई ट्रेडिङमा सम्पुर्ण पानि फिल्टर खरिदमा विषेश छुट तथा वुटवल ९ कालिका पथमा रहेको म्याङ्गो ट्रि केक हाउसमा केक खरिदमा भारी छुट हुने गरी सहकारीले सम्झौता गरेको पनि घिमिरेले बताए । कार्यक्रममा सल्लाहकार दिनेश फुल्लेलले लगायतका वक्तहरुले सहकारी संस्थालाई नमुना सहकारीका रुपमा विकास गर्नेमा जोड दिएका थिए ।