२०८२ माघ २५
गृहमन्त्री खाणसहित युवराज गिरी, कृष्णप्रसाद पोखरेल र चुन्नप्रसाद पौडेल सिफारिस
बुटवल । मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि रुपन्देही-२ मा नेपाली कांग्रेसको तर्फबाट गृहमन्त्री बालकृष्ण खाण उम्मेदवार सिफारिस भएका छन् । बिहीबार बसेको रुपन्देही क्षेत्र नम्बर २ को क्षेत्रीय बैठकले खाणसहित चार जनाको नाम प्रतिनिधि सभाको प्रत्यक्षतर्फ उम्मेदवारको रूपमा सिफारिस गरेको हो । प्रत्यक्षतर्फ गृहमन्त्री खाणसहित युवराज गिरी, कृष्णप्रसाद पोखरेल र चुन्नप्रसाद पौडेल सिफारिस भएको क्षेत्रीय कार्यवाहक सभापति परसुराम ढकालले जानकारी दिए । यस्तै समानुपातिकमा भने ९ जना सिफारिस भएका छन् ।
समानुपातिकतर्फ डा. बुद्धबहादुर थापा, चिरञ्जीवी जोसी, मनोरमा शेरचन, अर्जुन रानाभाट, रिता सेन ओली, राममाया पौडेल अर्याल, नुमा थापा, हुमकला सुवेदी, लक्ष्मी जोसी रहेको कार्यवाहक सभापति ढकालले जानकारी दिए ।