२०८२ कार्तिक २७
राजेन्द्र कुवरको अध्यक्षतामा नया कार्यसमिति चयन
बुटवल ।
गुल्मी जैसिथोक रुपन्देही सम्पर्क समाजको साधारणसभा तथा दोस्रो अधिबेशन एक कार्यक्रमका बिच बुटवलमा सम्पन्न भएको छ । गुल्मी जैसिथोक मुल बसोबास रहि रुपन्देहीका बिभिन्न क्षेत्रमा बसोबास गदै आएकाहरुको सम्पर्क समाजकोे साधारण सभा तथा अधिबेशनको उद्घाटन समाजका जेष्ठ नागरिक यमलाल पोखरेलले गरेका थिए ।
कार्यक्रममा समाजका अध्यक्ष सुनिल पोखरेलले अध्यक्षको प्रतिबेदन प्रस्तुत गरेका थिए । कोषाध्यक्ष नारायण पोखरेलले कोषाध्यक्षको प्रतिबेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा सल्लाहकार प्रेम नारायण पाण्डे , नेत्र प्रसाद पोखरेल लगायतले बोल्दै सम्पर्क समाज निरन्तर सामाजिक क्षेत्रमा क्रियासिल रहनु पर्ने बताएका थिए । कार्यक्रमा स्बागत मनतब्य उपाध्यक्ष राजेन्द्र कुवरले र कार्यक्रमको संचालन सचिब प्रकाश खनालले गरेका थिए ।
गुल्मी जैसिथोक रुपन्देही सम्पर्क समाजको साधरण सभा तथा दोस्रो अधिबेशनबाट नयाँ कार्य समिति चयन भएको छ । राजेन्द्र कुवरको अध्यक्षतामा नया कार्यसमिति चयन भएको छ ।
सम्पर्क समाजको उपाध्यक्षमा प्रकाश खनाल, सचिव दिपक पोखरेल , सह सचिवमा ऋषिराम घिमिरे, कोषाध्यक्षमा नारायण पोखरेल चयन भएका छन । त्यस्तै सदस्यहरुमा राम प्रसाद पोखरेल ,नरेश पोखरेल ,राजेन्द्र पोखरेल ,गुनाखर पाण्डे प्रकाश पोखरेल रौताडी प्रकाश पोखरेल, बिष्णु प्रसाद खनाल ,रामचन्द्र पोखरेल र यदुमणी पोखरेल चयन भएका छन ।

