२०८१ पुष १२

एकीकृत अखिल नेपाल शिक्षक संगठनको विद्यान प्रवोधिकरण कार्यक्रम
  • लुम्बिनी खोज
  • २०७९ भाद्र १९, आईतवार ११:०८ गते
बुटवल ।
एकीकृत अखिल नेपाल शिक्षक संगठन लुम्विनी प्रदेशको विद्यान प्रवोधिकरण कार्यक्रम शनिवार दाङमा सम्पन्न भएको छ ।। ने.क.पा.माओवादी केन्द्रमा केन्द्रीय उपाध्यक्ष एवं पुर्व सभामुख माननीय कृष्ण बहादुर महराको प्रमुख आतिथ्यतामा लुम्विनी प्रदेशका मुख्यमन्त्री माननीय कुल प्रसाद के.सी.को विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल शिक्षक महासंघका राष्ट्रिय सह अध्यक्ष पूर्ण प्रसाद दवाडी,राप्ती गाउँपालिका अध्यक्ष प्रकाश बिष्ट,एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय उपाध्यक्ष लुम्विनी प्रदेश इन्चार्ज मान बहादुर पाण्डे, एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय महासचिव निम बहादुर के.सी., नेपाल शिक्षक महासंघ लुम्विनी प्रदेश महासचिव गणेश प्रसाद रिजाल,नेपाल शिक्षक महासंघ केन्द्रिय सदस्य गणेशा कार्की,एकीकृत अखिल नेपाल शिक्षक संगठन लुम्विनी प्रदेश अर्थ उप महासचिव माधव महरा लगायतले धारणा  राखेका थिए।
  कार्यक्रममा एकीकृत अखिल नेपाल शिक्षक संगठन लुम्विनी प्रदेश अध्यक्ष याम प्रसाद अधिकारीको अध्यक्षतामा एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय सदस्य एवं प्रदेश महासचिव प्रेम बहादुर बस्नेतको संचालनमा राप्ती गाउँपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा लुम्विनी प्रदेश अन्तरगतका १२ जिल्लाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।