२०८२ माघ २५
तिलोत्तमा पछि बुटवलले जारी ग¥यो सुचना
बुटवल। सडक अतिक्रमण हटाउने अभियान काठमाण्डौंमा तीव्र भइरहेको अवस्थामा रुपन्देहीमा पनि त्यस्तै अभियानमा पालिकाहरु जुट्न थालेका छन । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले यही भदौ २१ गते सुचना जारी गर्दै नगरपालिका भित्रका सडक तथा फुटपथहरुमा अनधिकृत संरचना निर्माण गरेको तथा सामानहरु राख्ने गरेको पाइएको भन्दै नियम विपरित निर्माण गरिएका त्यस्ता संरचना हटाउन भनेको छ ।

तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाणले अतिक्रमण हटाउने अभियानमा लागेको भन्दै त्यसका लागि सूचना जारी भइसकेको बताए । असोज ५ गते सम्ममा हटाउन आग्रह गर्दै नगरपालिकाले नियम विपरित बनाइएका छाप्रा तथा टहरा, फुटपथमा राखिएका सामाग्रीहरु, सडक किनार तथा फुटपाथमा रहेका निर्माण सामाग्रीहरु हटाइ सहयोग गर्न भनेको छ । ब्यवस्थीत नगर बनाउने अभियानमा सहयोग गर्न भन्दै जारी गरिएको सुचनामा तोकिएको समयमा नहटाएमा प्रचलित कानुन बमोजिम हुने उल्लेख छ । बुटवलमा तीन दिन भित्र खाली गर्न अनुरोध तिलोत्तमाले सुचना जारी गरेको ४ दिन पछि बुटवल उपमहानगरपालिकाले शुक्रवार सुचना जारी गर्दै सडक अवरोध गरी राखिएका सामाग्री हटाउन अनुरोध गरेको छ । बुटवल उपमहानगरपालिकालाई सफा, सुन्दर र बस्नयोग्य शहर बनाउनका लागि त्यस्ता सामाग्री हटाउन भनिएको छ । गोलपार्कदेखि योगीकुटी, रामनगर देखि तामनगर सम्म र भित्रि सडकहरुमा समेतमा सडकको क्षेत्राधिकार , सडक पेटी चोक चौराहामा अब्यवस्थीत रुपमा रहेका ठेला, टंकी, बजार, निर्माण सामाग्री, सवारी पार्किङ, वर्कसप लगायतका सामानहरु राखि अवरोध गर्ने गरेको देखिएको भन्दै सुचनामा तीन दिन भित्र खालि गर्न अनुरोध गरिएको छ ।
सैनामैनामा पनि तयारी रुपन्देहीको सैनामैना नगरपालिकाले पनि सडक अतिक्रमण हटाउने अभियानको तयारीमा छ । नगर प्रमुख फणेन्द्र प्रसाद शर्माले सडक अतिक्रमणले सडकहरु विग्रिएको भन्दै अतिक्रमण हटाउने गरी तयारीमा जुटेको बताए । प्राविधिकहरुलाई कहा कहा कति अतिक्रमण भएको छ भनेर अधयान गर्न लगाएको भन्दै छिट्टै सुचना जारी गरेर अभियान थालिने बताए ।