२०८१ आश्विन ८

रिभल्वर पेस्त्तोल सहित १ जना बुटवलमा पक्राउ 
  • लुम्बिनी खोज
  • २०७९ भाद्र ३१, शुक्रबार १६:३२ गते

बुटवल ।

रिभल्वर पेस्त्तोल सहित १ जना बुटवलमा पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक श्यामु अर्यालका अनुसार वडा प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट खटिएको प्रहरी टोलीले शुक्रवार दिउसो पेस्तोलसहित एक जनालाई ईटाभट्टीबाट पक्राउ गरेको हो । दिउसो करिब साढे १२ बजेको समयमा बुटवल उप–महानगरपालिका वडा नं.९ ईटाभट्टी स्थित होटल नमोबुद्धको दोस्रो तलामा रहेको १०४ नं.कोठामा बसेका सन्तोष सलामी पेस्तोलसहित पक्राउ परेका हुन । जिप्रकाका अनुसार बाग्लुङ दगातुन्डाडा स्थायी घर भई हाल बुटवल ८ सुख्खानगर ३३ वर्षिय सन्त्तोष सलामी शंकास्पद अवस्थामा बसेको भन्ने गोप्य सुचना प्राप्त हुन साथ उक्त स्थानमा प्रहरी टोलि खटिएको थियो । प्रहरी टोलीले निजलाई फेला पारेपछि शरिर चेकजाँच गर्दा निजको साथबाट काठको बिड भएको रिभल्वर पेस्त्तोल एक थान , उक्त रिभल्वर पेस्त्तोलमा लोड भएको गोली १ थान र अन्य २ थान गोली सहित निजलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । आवश्यक अनुसन्धान पश्चात जिल्ला अदालत रुपन्देहीबाट म्याद थप अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको जिप्रकाले जनाएको छ ।