२०८२ माघ २५

राष्ट्रपतिको कदमपछि अब के होला ?
  • लुम्बिनी खोज
  • २०७९ आश्विन ५, बुधबार १०:१८ गते

बुटवल ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संवैधानिक व्यवस्था उल्लंघन गरेपछि मुलुकमा नया खालको द्धन्द्ध शुरु भएको छ । राष्ट्रपतिको कदमको सत्ता गठबन्धन देखि विभिन्न क्षेत्रबाट चर्को आलोचना भइरहेको छ ।
एमाले राष्ट्रपतिको कदमको बचाउमा खडा भएको अवस्थामा अब के होला भन्ने प्रश्न खडा भएको छ । राष्ट्रपतिको कदमका विरुद्ध उपराष्ट्रपति, सत्तागठबन्धन देखि विभिन्न दलहरुले आलोचना गरेका छन । राष्ट्रपतिको कदमका विरुद्धमा अदालतमा जाने वा अन्य बाटो अवलम्वन गर्ने भन्नेमा सत्ता गठबन्धनका दलहरुवीच छलफल शुरु भएको छ । सत्तागठबन्धन अब के गर्ने भन्ने छलफलमा छ । बिहान बसेको बालुवाटारको बैठकबाट गठबन्धनका चार दलले राष्ट्रपतिको कदम असंवैधानिक भएको निष्कर्ष निकालेर विज्ञप्ति जारी गरेका थिए । त्यस्तै कानुनविद्हरुलाई अपराह्न ३ बजे बालुवाटारमा बोलाएर छलफल पनि थालिएको छ ।