२०८२ माघ २५
बुटवल ।
एमाले परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसाल पक्षधर अन्य नेता तथा कार्यकर्ताले पनि सामूहिक रूपमै एमाले छाडेका छन् । बुधबार भुसाल पक्षधर एमालेका दुई प्रदेश कमिटी सदस्यसहित ३१ नेता–कार्यकर्ताहरुले सामूहिक राजीनामा दिएका हुन् ।बुधबार पत्रकार समेलन गर्दै उनीहरुले एमाले परित्याग गरी घनश्याम भुसाललाइ समर्थन गर्ने जानकारी गराएका हुन्। नीति र विधिलाइ लत्याउँदै व्यक्ति हावी हुँदा पार्टी तहसनहस भएको, केन्द्र देखि जिल्ला,क्षेत्र, नगरमा पनि निरङ्कुसता लादेको लगायतका कारण देखाउँदै उनीहरुले पार्टीबाट सामुहिक राजीनामा दिएर घनस्याम भुसाललाइ सहयोग गर्ने निर्णय गरेका हुन्।
रुपन्देही १ अन्तर्गत रोहिणी गाउँपालिकाका निवर्तमान गाउँपालिका अध्यक्ष तथा एमाले प्रदेश कमिटी सदस्य सनोजकुमार यादव, एमाले प्रदेश कमिटी सदस्य शैलेन्द्र उपाध्याय, रोहिणी गाउँपालिका कमिटी सचिव इन्द्रजीत कुमार राय लगायतले पार्टी त्यागेको घोषणा गरेका हुन् ।
सामूहिक राजीनामा दिएका नेता तथा कार्यकर्ताले रुपन्देही–१ बाट उठेका भुसाललाई समर्थन गर्ने घोषणा गरेका छन् । उनीहरुले पार्टीमा नीति भन्दा व्यक्ति हावी भएको र स्थानीय तह निर्वाचनमा विपक्षीलाई सहयोगको आरोप लगाएका छन् ।

