२०८२ माघ २५

जन्मकुण्डली जलाएर गरियो वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीको अन्त्येष्टि
  • लुम्बिनी खोज
  • २०७९ आश्विन ३०, आईतवार १६:१२ गते

बुटवल ।   शताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ। आइतबार बिहान ७ बजेर ९ मिनेटमा उनको उपचारकै क्रममा किष्ट अस्पतालमा निधन भएको हो। किष्ट अस्पातलका चिफ अपरेटिङ अफिसर अमिस पाठकका अनुसार उनको आइतबार बिहान ७ बजेर ९ मिनेटमा निधन भएको हो। १०३ वर्षको उमेरमा आइतबार बिहान निधन भएका वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीको जन्मकुण्डली जलाएर अन्त्येष्टि गरिएको छ।

वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीको शव किस्ट अस्पताललाई हस्तान्तरण गरिएको छ। जोशीले जीवितै रहँदा आफ्नो शरीर नजलाउने र अस्पताललाई दिने घोषणा गरेका थिए। सोहीबमोजिम उनको पार्थिव शरीर अस्पताललाई हस्तान्तरण गरिएको हो।

अन्तिम श्रद्धाञ्जलीका लागि उनकाे पार्थिव शरीर ललितपुर महानगरपालिकाकाे प्रांगणमा राखिएको थियो। आइतबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवाले जोशीको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएर श्रद्धाञ्जली दिएका थिए। जोशीलाई राष्ट्रिय सम्मानका साथ बिदाइ गरिएको छ।  उनी ललितपुरको बखुम्बहालमा विक्रम संवत् १९७७ साल वैशाख ३० गते जन्मिएका थिए। तीनपटक मदन पुरस्कार पाउने उनी पहिलो व्यक्ति हुन्।

आफ्नो शव अध्ययन निम्ति किष्ट अस्पताललाई बुझाउने जोशीको अन्तिम इच्छा थियो। त्यसैअनुसार अस्पताललाई शव दान गरेपछि जोशीका जेठा छोरा अनुराज र कान्छा छोरा डा. पूर्णराजले आइतबार साँझ ६ बजेर १४ मिनेटमा शंखमूलस्थित बागमती घाटमा जन्मकुण्डली जलाएर अन्त्येष्टि गरेका हुन्।