२०८२ माघ २४

सरकार शान्तिपूर्ण र भय रहित निर्वाचन गराउन प्रतिवद्धः गृहमन्त्री खाण
  • लुम्बिनी खोज
  • २०७९ कार्तिक १६, बुधबार ०८:३५ गते

बुटवलमा लुम्विनी प्रदेश स्तरीय सुरक्षा गोष्ठी

बुुटवल ।
गृहमन्त्री बालकृष्ण खाणले सरकार भय रहित, शान्तिपूर्ण र स्वतन्त्र निर्वाचन गराउन प्रतिवद्ध भएको बताएका छन ।  बुटवलमा बुधवार आयोजित लुम्बिनी प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा बोल्द उनले भय रहित, शान्तिपूर्ण र स्वतन्त्र निर्वाचन गराउने गरी जुट्न सुरक्षाकर्मीहरुलाई आग्रह समेत गरे । ‘सबै नागरिक सुरक्षित होउन् । ढुक्कसंग मतदानस्थलसम्म पुगेर आफूले रोजेको व्यक्तिलाई मतदान गरेर फर्कन सक्ने वातावरण बनाउनुपर्छ,’ उनले भने,‘त्यसका लागि सुरक्षा व्यवस्थापनमा कुनै कसर बाकी राखिदैन ।’
बर्तमान ब्यबस्था प्रति केही असन्तुष्टि जाहेर गर्दै मुलधारको राजनीति भन्दा बाहिर रहेका दलहरुलाई पनि राष्ट्रिय राजनीतिको मुलधारमा ल्याउन सरकारले पहल गरीरहेको समेत उनले बताए ।  कुनै दल वा समूहका नाममा निर्वाचन खल्बलाउने र जनताले आफ्ना नेता चुन्ने अधिकार खोसिदिने अधिकार नभएको भन्दै मुलधारको राजनीतिमा आउन समेत आग्रह गरे ।
गृह मन्त्रालय र आन्तरीक मामिला, कानुन तथा संचार मन्त्रालय लुम्बिनी प्रदेशले गरेको सुरक्षा गोष्ठीमा प्रदेशका १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका अधिकारीहरु सहभागी छन् ।