२०८२ माघ २४
बुटवल, १मंसिर ।
रुपन्देही क्षेत्र नं. २(२) मा संयुक्त गठबन्धनले आज बृहत र्याली सहितकाे सभा गरेकाे छ अहिलेकाे निर्वाचनमा निर्वाचन आयाेगले कुनै पनि राजनीति दलहरुले तामझाम नगर्ने भनेपछि यस क्षेत्रमा पनि सबै राजनितीक दलहरुले घरदैलाे गर्दा पनि समित कार्यकर्ताकाे सहभागीतामा घरदैलाे गरिरहेका थिए । आज मंसीर १ चुनाव प्रचारकाे अन्तिम दिन उम्मेदवारहरुले बृहत र्याली सहित बुटवल बजार परिक्रमा गरेका हुन ।
बुटवल पुष्षलाल पार्कबाट सुरु भएको बृह्त र्याली अमरपथ बजार ,दुर्गा मन्दिर ,ट्राफिक चाेक हुदैँ विपि चाेकमा पुगेर काेण सभामा परिणत भएको थियो। सभालाई सम्बोधन गर्दै रुपन्देही २(२) का उम्मेदवार बामदेव क्षेत्रीले बृहत् प्रदर्शनीले गठबन्धनलाई बिजय उन्मुख गराएको बताए । मंसिर ४ गते मतदान गरेर बिजयको सुनिश्चित गर्न सहभागीहरुलाई आग्रह गर्दै निर्वाचन जित्नका लागि मात्रै गठबन्धन नबनेको भन्दै राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षासँगै मुलकको समृद्धिका लागि र संसद विगठन गर्ने र जनताको उपलब्धिहरुलाई मास्न खोज्नेहरुका विरुद्धमा भएकाले मतदाताहरुलाई कही कतै नअल्मलाई गठबन्धनका पक्षमा मतदान गर्न अनुरोध गरेका थिए।
त्यस्तै साेहि सभालाई संबाेधन गर्दै रुपन्देही २ प्रतिनिधि सभाका उम्मेदवार केशब बहादुर थापाले एमालेलाई सुर्य ग्रहण लागेकाे बताए ।मंसीर ४ मा सुर्य ग्रहण लाग्छ त्यस ग्रहणलाई हेर्नु पनि हुदैन सुर्यमा भाेट हाल्न पनि हुदैन आफ्नाे भविष्यमाथी ग्रहण नलगाउन आग्रह गर्दै गठबन्धनकाे जितले देश र जनताकाे भाग्य र भबिष्यमा परिवर्तन आउने बताए ।



