२०८२ माघ २४

गुल्मी २ बाट एमालेका विष्ट विजयी
  • लुम्बिनी खोज
  • २०७९ मंसिर ७, बुधबार ०८:४० गते

बुटवल ।

 गुल्मी क्षेत्र नम्बर २ बाट एमालेका गोकर्ण विष्ट विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी एकीकृत समाजवादीकी रामकुमारी झाक्रीलाई दुई हजार ३४ मतले पछि पार्दै विष्ट विजयी भएका हुन् । 

विष्टले २८ हजार ४८५ र झाक्रीले २६ हजार ४४१ मत प्राप्त गरेको गुल्मी क्षेत्र नम्बर २ का निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । विष्ट एमालेका केन्द्रीयसचिव हुन् ।