२०८१ मंसिर २१
बुटवल । रोल्पा — २५ हजार २२९ मतान्तरसहित रोल्पामा नेकपा माओवादी केन्द्रका वर्षमान पुन निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार पूर्ण बुढामगरलाई २५ हजार २२९ मतान्तरसहित पुन विजयी भएका हुन् । पूर्वअर्थमन्त्री रहेका पुनले ४१ हजार ७१४ मत प्राप्त गरेका छन् । निकटतम प्रतिद्वन्द्वी एमाले बुढामगरले १६ हजार ४८५ मत ल्याएका छन् ।