२०८२ कार्तिक २७

औद्योगिक प्रदर्शनी उपसमितिहरु विस्तार
  • लुम्बिनी खोज
  • २०७९ मंसिर ११, आईतवार १०:२५ गते

बुटवल ।
रुपन्देही उद्योग संघले आगामी पौष ७ देखि बुटवलमा आयोजनागर्न लागेको १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ को तयारीका लागि मूल समिति, विषेश सल्लाहाकार समिति, सल्लाहाकार समिति गठन गरेको छ । प्रदर्शनीको निर्देशन तथा कार्यान्वयन समितिको बैठकले कामको बाडफाड गर्ने अभियानलाई तिब्रता दिएको छ । नेपाल उद्योग परिसंघ र लुम्बिनीप्रदेश उद्योग परिसंघसँगको संयुक्त आयोजनामा“संमृद्ध नेपालनिर्माणको आधार, स्वदेशी उद्यमशिलताको विस्तार”भन्ने मुल नाराका साथ प्रर्दशनी आयोजना स्थल बुटवल मण्डपमा सचिवालय स्थापना गरी संघले तयारीको काम अगाडि बढाएको छ ।
यसै क्रममा सचिवालय बुटवल मण्डपमा बसेको बैठकले ५१ सदस्यिय विषेश सल्लाहाकार समिति, १२१ सदस्यीय मुल समिति तथा २५१ सदस्यीय सल्लाहाकार समिति निर्माण गरिएको प्रदर्शनी मुल आयोजक समितिका सदस्य सचिव हरि बहादुर खत्रीले बताए ।
प्रदर्शनीको तयारीका लागि गठित उपसमितिको विस्तारको कामलाई पनि तिब्रता दिएको खत्रीले बताए । त्यस क्रममा स्टल निर्माण उपसमिति विस्तार गरिएको छ । मूल समिति सदस्य कमल ज्ञवालीको संयोजकत्वमा रहेको समितिको सहसंयोजकमा मिलन जिसी, सदस्यहरुमा विष्णु ज्ञवाली, युवराज कर्मचार्य, लक्ष्मण भण्डारी, विनोद न्यौपाने र पुस्कर केसी रहेका छन । मूल समिति सदस्य लालहरी पाण्डेको संयोजकत्वमा रहेको प्रचारप्रसार उपसमितिको सहसंयोजकमा प्रकाश खनाल र सदस्यमा स्वस्तिक श्रेष्ठ, रुपक आचार्य र ऋषि खनाल रहेका छन ।
यसै गरी मूल समिति सदस्य लाल प्रसाद बस्यालको संयोजकत्वमा रहेको मञ्च व्यवस्थापन उपसमितिको सहसंयोजकमा शरदकुमार रेग्मी र सदस्यहरुमा कौशलराज भण्डारी, केशवराज खनाल, रामप्रसाद गैरे र प्रकाश कर्माचार्य सदस्य रहेका छन ।
मुल समितिका सदस्य चन्द्रकान्त खनालको संयोजकत्वमा रहेको औद्योगिक जनचेतना ¥याली उपसमितिको सहसंयोजकमा तेजनाथ तिमिल्सीना र सदस्यहरुमा मित्र न्यौपाने, कृष्ण पाण्डे, विष्णु कण्डेल, विष्णु काफ्ले रहेका छन । मूल समिति महिला सचिव मञ्जु भुसालको संयोजकत्वमा रहेको स्टल परिचय पत्र उपसमितिको सहसंयोजकमा अर्जुन सापकोटा, सदस्यहरुमा गणेश पाण्डे, मधु पोखरेल र नेत्र आचार्य रहेका छन ।
त्यसैगरी मूल समिति सदस्य मोहनीलाल रिजालको संयोजकत्वमा गठित सांस्कृतिक उपसमितिको सहसंयोजकमा लक्ष्मण खड्का् र सदस्यहरुमा डिल्लीनारायण पाण्डे, गोपाल अधिकारी, लोकन्द्र शाह, नारायण लेकाली, दिपक कार्की, दिपक गरौजा, रुकु पाण्डे, तिलक नेपाली, बिजय सापकोटा, नारायण थापा र मिना बुढाथोकी रहेका छन ।
उपसमिति विस्तारका बैठकहरुमा आफ्नो धारणा राख्दै मुल समितिका संयोजक माधव प्रसाद पौडेलले राष्ट्रिय अर्थतन्त्रको विकासका लागि र आर्थिक गतिविधिलाई चलायमान गराउनका निम्ति गम्भिर रुपमा कार्यक्रम अगाडी बढाउने उद्देश्यले आयोजना गर्न लागिएको प्रदर्शनीलाई भव्य रुपमा सम्पन्न गर्न उपसमितिहरुको महत्वपूर्ण भूमिका रहने हँुदा जिम्मेवार भएर काम गर्न आग्रह गरे । उनले यस आयोजनाले रुपन्देही उद्योग संघ र उद्योगीको गरीमा बढाउन भूमिका खेल्ने विश्वास पनि व्यक्त गर्नु गरे ।
राजधानी बाहिर निर्माण गरिएको अन्तराष्ट्रिय प्रर्दशनी स्थल, बुटवल मण्डपमा आयोजना गरिने प्रर्दशनीको तयारीको क्रममा स्टल निर्माण, सहभागी उद्योगहरुको दर्ता, मञ्च निमार्ण स्थल, मनोरञ्जल स्थलको काम तिव्र रुपमा अघि बडिरहेको प्रदर्शनी प्रबन्धक यादव प्रसाद भण्डारीले जानकारी गराए ।
प्रदर्शनीको आयोजकका रुपमा सहयोगीको हात नेपाल उद्योग परिसंघ र लुम्बिनी प्रदेश उद्योग परिसंघले बढाएको छ भने बुटवल उपमहानगरपालिका र लघु घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र काठमाडौं सह आयोजक तथा संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, लुम्बिनी प्रदेशका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, पर्यटन ग्रामिण तथा शहरी विकास मन्त्रालय, कृषि तथा भूमी व्यवस्थापन मन्त्रालय र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड काठमाडौं प्रवद्र्धक रहेका छन् ।
संघले राजधानी काठमाडौ वाहिर प्रथम पटक वि.सं.२०४५ सालमा राष्ट्रिय औद्योगिक प्रदर्शनीको आयोजना गरेको थियो । अहिले देश भर प्रदर्शनी, मेला र महोत्सवले राम्रो स्थान पाएको छ जसको जग रुपन्देही उद्योग संघले हालेको हो । रुपन्देही उद्योग संघको छातामुनी रुपन्देही जिल्ला भरिका करीब एक हजार उद्योगहरु प्रतक्ष्य सदस्य रहेका छन् भने करीब १५०० वस्तुगत उद्योगीहरु संलग्न छन् ।