२०८१ आश्विन ४

सामुदायिक विद्यालयका प्रअहरुवीच अन्तरक्रिया
  • लुम्बिनी खोज
  • २०७९ मंसिर १२, सोमबार १०:४६ गते

बुटवल ।
बुटवल उपमहानगरपालिका अन्तरगतका सामुदायिक विद्यालयका प्र.अ.हरु वीच अन्तरक्रिया भएको छ । नविन औद्योगिक कदर वहादुर रिता माविका प्रधानाध्यापक प्रेमवहादुर बस्नेतका अनुसार प्रअहरु वीच आ.व ०७८÷७९ को शिक्षाको प्रगती समीक्षा र आ.व. २०७९÷८० को बजेटको प्रबोधिकरण तथा अन्तरक्रिया कार्यक्रम भएको छ ।
कार्यक्रममा वोल्दै बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रा देवी अर्यालले विद्यालयमा लैंगिक हिंसामा विशेष ध्यान दिन र विद्यालयको समग्र सुधारमा लाग्न निर्देशन दिइन् ।
बुटवल उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बुटवलले शैक्षिक जगतमा अगुवाई गरेकोमा अझै सुधार गर्न प्रधानाध्यापकहरुले व्यापक छलफल अन्तरकृयामा जोड दिन आग्रह गरे ।
बुटवल उपमहानगरपालिका शिक्षा महाशाखा तथा वित महाशाखा प्रमुख उपसचिव मित्रमणि खनालले निर्वाचनका कारणले गठन गर्न बाँकी रहेका वि.व्य.स. गठन गर्न शिक्षक तथा कर्मचारीको नियुक्ति प्रकृया प्रारम्भ गर्न विद्यालयको वार्षिक कार्यतालिका, दैनिक पाठ्ययोजना व्यवस्थित गर्न निर्देशन दिए ।
बुटवल उपमहानगरपालिका सूचना अधिकारी उपसचिव तुलसा अर्यालले प्रत्येक विद्यालयहरुले विद्यालयका सुचनाहरु सम्प्रेषण गर्न सूचना अधिकारी तोक्न आग्रह गरिन ।
बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीको अध्यक्षतामा अधिकृत कमला चुदालीको संचालनमा सम्पन्न कार्यक्रममा शिक्षा शाखा प्रमुख टीकाराम पन्थीले सहजीकरण गरेका थिए ।