२०८२ माघ २४
बुटवल, २८ मंसिर ।
मंसिर ४ गते भएको निर्वाचन सौहार्दपुर्वक सम्पन्न भएको सरोकारवालाहरुले बताएका छन । प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन २०७९ को लुम्बिनी प्रदेश सवाद समुहले गरेको समिक्षामा बोल्ने बक्ताहरुले अहिलेको निर्वाचन सौहार्दपुर्वक रुपमा सम्पन्न भएको बताए ।
कार्यक्रममा बोल्दै निर्वाचन कार्यालय रुपन्देही प्रमुख अयोध्या प्रसाद भन्डारीले निर्वाचन स्वच्छ रुपमा सम्पन्न भएको बताए । मतदाता शिक्षा लुम्बिनीका १२ जिल्ला मध्ये सबैभन्दा अगाडि रुपन्देहीमा शुरु गरेपनी बदर मतको संख्या यहाँ धेरै रहेको धारणा उनले राखे । उनले राजनीतिक दलका उम्मेदवारहरुले चुनावी खर्च नबुझाएकोले बुझाउन आग्रह पनि गरे ।
पत्रकार महासंघ रुपन्देही अध्यक्ष रामराज पोख्रेलले पत्रकारहरुको भूमिका निकै सन्तुलित रहेको बताउदै महासंघको पहलमा सन्तुलित बनाईएको बताए । ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी ठग बहादुर केसीले अघिल्लो निर्वाचनको तुलनामा शान्तिपूर्ण निर्वाचन सम्पन्न भएको बताए ।
कार्यक्रममा एमालेका केन्द्रिय सल्लाहकार एव संविधानसभा सदस्य नेत्र पन्थी, काङ्ग्रेसका युवा नेता बिष्णु पोख्रेल, माओवादीका नेता हकिकुल्ला खा, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश कार्यवाहक अध्यक्ष लक्ष्मण खडका, जनमोर्चाका नेता टान बहादुर केसी, राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधि दिपक ठाकुर, अपाङ्ग महासंघका प्रदेश सचिव सन्तोष पन्थी, प्रेस युनियन रुपन्देही सभापती रेखा भुसाल, बार एसोसिएसन बुटवल अध्यक्ष कैलाश ज्ञवाली, बार पुर्व अध्यक्ष महेन्द्र पाण्डे, लैङ्िगक अल्पसंख्यक आनिक राना, सम्बाद सहजकर्ता बिक्रम खडका लगायतले बोलेका थिए ।