२०८२ माघ २४
लुम्बिनी प्रदेशको काम देउखुरीबाट
बुटवल २८ मंसिर ।
लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रदेशको स्थायी राजधानी बुधबारदेखि कार्यान्वयनमा ल्याएको छ । राजधानी कार्यान्वयनमा आएसँगै अब देउखुरीबाटै कामकाज सञ्चालनमा आउने मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।
दाङको देउखुरीमा अस्थायी संरचनामा तयार भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा झण्डोत्तलन कार्यक्रम भएको छ । लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले झण्डोत्तलन गरेसँगै मुख्यमन्त्री कार्यालय औपचारिक रूपमा सञ्चालनमा आएको हो । दुई वर्षअघि २०७७ असोज २० गते लुम्बिनी प्रदेशसभाले दाङको देउखुरीलाई स्थायी राजधानी बनाउने प्रस्ताव पारित गरेको थियो । देउखुरीको लालमटीयामा रहेको राप्ती प्राविधिक शिक्षालयलाई अर्को ठाउँमा सारेर शिक्षालय परिसरमा राजधानीका संरचना तयार गरिएको छ ।