२०८२ माघ २४

नवीनमा स्वागत कार्यक्रम
  • लुम्बिनी खोज
  • २०७९ पुष १, शुक्रबार १२:५१ गते
बुटवल १ पुस ।
नवीन औद्योगिक कदर बहादुर रीता मावि देविनगर बुटवलमा सिभिल इन्जिनियरिङ कक्षा १२ का विद्यार्थीहरुद्वारा कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत कार्यक्रम शुकवार सम्पन्न भएको छ ।
विद्यालय बयवस्थापन समितिका सदस्य राजेन्द्र ढकालको प्रमुख आतिथ्यतामा प्रधानाध्यापक प्रेम बहादुर बस्नेतको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा सिभिल इन्जिनियरिङ कक्षा १२ का विद्यार्थी निर्मल जङ्गखड्काको अध्यक्षतामा कक्षा १२ का विद्यार्थीद्वय राजन कोइराला र शिशिर ज्ञवालीको संचालनमा सम्पन्न कार्यक्रममा स्वागत मन्तब्य गौरव खनालले गरेका थिए्र।
उक्त कार्यक्रममा स।प्र। अर्जुन खनाल, सिभिल इन्जिनियरिङ समुहकी इन्चार्ज सपना भट्टराई, सिभिल इन्जिनियरिङ संयोजक ई। बिमल अर्याल, ई। साम्ब पन्थी, शिक्षक केशवराज पन्थ लगायतले धारणा राखेका थिए ।