२०८२ कार्तिक २७
बुटवल, २ पुस ।
रुपन्देही उद्योग संघको आयोजनामा बुटवलमा हुन लागको १५औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ तयारी अन्तिम चरणमा पुगेको छ ।
संघले शनिवार प्रदर्शनी स्थल बुटवल मण्डपमा गरेको पत्रकार सम्मेलनमा ‘संमृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशिलताको विस्तार’ भन्ने मूल नाराका साथ पुस ७ देखि १९ गतेसम्म हुने १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनीको स्टल निर्माण, मञ्च व्यवस्थापन लगायतका कामहरु अन्तिम चरणमा पुगेको जानकारी गराइएको छ । प्रदर्शनीको राष्ट्रपति विद्यादेवी भण्डारीले समुद्घाटन गर्ने संघले जनाएको छ ।
मूल समिति संयोजक माधव प्रसाद पौडेलले बुटवल मण्डपमा निर्माणाधिन आधुनिक प्रदर्शनी स्थलमा नयाँ व्यवस्थापन र संरचनामा पहिलो पटक संघले गर्न लागेको प्रर्दशनीलाई सफल आयोजनाका रुपमा अगाडि बढाएको बताए ।
संघले प्रदर्शनीको प्रवेश टिकटबाट ४ रुपैया मुटु अस्पताललाई र ४ रुपैया सामाजिक कोषमा छुट्याएको जानकारी अध्यक्ष पौडेलले दिए ।
प्रर्दशनीमा स्वदेशी उत्पादन, नयाँ प्रविधि, पर्यटन तथा कृषि उत्पादनको सहभागिताका लागि छुट्टाछुट्टै १० वटा पेभिलियनको व्यवस्था गर्दै पहिलो पटक आल्मुनियमको पार्टेसन सहितका स्टल निर्माण गरिएको संघले जनाएको छ । यसको सजावटदेखि व्यवस्थापन हालसम्म आयोजना भएका प्रदर्शनी भन्दा धेरै भिन्न हुने आयोजकको भनाइ छ । प्रर्दशनी प्रवन्धक यादवप्रसाद भण्डारीका अनुसार यस पटकको आयोजना स्थल नै प्रमुख आकर्षणको केन्द्र बन्ने विश्वास संघले लिएको छ । प्रदर्शनी आयोजना स्थल बुटवल मण्डपमा सचिवालय स्थापना गरी दैनिक रुपमा काम भैरहेको छ ।
संघले प्रदर्शनीका मुख्य उद्देश्यहरुमा स्वदेशी उत्पादनको प्रदर्शनी, नयाँ प्रविधिको खोजी, कला र संस्कृतिको जगेर्ना कृषिको व्यवसायीकरण, पर्यटन प्रवद्र्धन, युवा उद्यमीलाई प्रोत्साहन, स्वरोजगार श्रृजना, गोष्ठी र अन्तक्र्रिया रहने जनाएको छ ।
अध्यक्ष पौडेलले संघले हरेक आयोजनालाई परिस्कृत, परिमार्जित र आम उपभोक्ता तथा दर्शकहरुको चाहानालाई केन्द्रमा राखेर अगाडि बढाउने गरेको उल्लेख गर्दै यस पटक पनि त्यसमा केन्द्रित र प्रदर्शनी भित्र स्वदेशी उद्योगलाई प्रवद्र्धन गर्न स्वदेशी उत्पादन मात्र समावेश हुने बताए ।
प्रदर्शनीमा औद्योगिक प्रविधि, रेष्टुरेन्ट, कृषि, हस्तकला, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छालाजुत्ता, खाद्यान्न, आइटी लगायतका करिव ४५० स्टलहरु रहनेछन् । प्रदर्शनीलाई मनोरञ्जनात्मक बनाउन लोक दोहोरी प्रतियोगिता, नेपालका ख्याति प्राप्त आधुनिक गायक गायिका, हास्य कलाकार, स्थानीय कलाकारहरुको प्रस्तुती, सांगितिक कार्यक्रम, विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता, कलेज स्तरीय अन्तर कलेज बक्तृत्वकला प्रतियोगिता, लोक भजन प्रतियोगिता, प्रदर्शनी आइडल, त्ष्पत्यपत्बभिलत ज्गलत आदि प्रतियोगिताहरु रहने जनाइएको छ ।
प्रदर्शनी सम्पन्न गर्नका लागि १०१ सदस्यीय मुल समिति, ५१ सदस्यीय विशेष सल्लाहाकार समिति, २५१ सदस्यीय सल्लाहकार समिति, विशेष मूल्यांकन समिति, ३० वटा विभिन्न उपसमितिहरु गठन गरिएको पत्रकार सम्मेलनमा जनाइएको थियो । प्रदर्शनीको करिव ७ लाख दर्शकले अवलोकन गर्ने र २५ करोडको कारोवार हुने अनुमान संघले गरेको छ ।
कार्यक्रममा मूल समिति संयोजक माधब प्रसाद पौडेलको अध्यक्षता तथा सदस्य सचिव
हरि बहादुर खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो