२०८१ माघ ६

युवाहरुले गरे नुवाकोटमा सरसफाई
  • लुम्बिनी खोज
  • २०७९ पुष ३, आईतवार ०८:२९ गते

बुटवल ३ पुस ।
ऐतिहासिक, धार्मिक, सास्कृतिक, पुरातात्तीक एंव पर्यटकीय दृष्टिले अत्यन्तै रमणीय र महत्वपूर्ण  स्थान नुवोकोट गढीमा बुटवल १३ का युवाहरुले सरसफाइ गरेका छन । बुटवल बजारबाट उत्तर तर्फको डाडा पर्यटकीय स्थलका रुपमा विकास हुन थालेपछि त्यहा जानेहरुको संख्या वृद्धि हुदै जादा फोहोर थुप्रिन थालेको अवस्थामा युवाहरुले सरसफाइ गरेका हुन ।
बुटवल १३ का युवाहरु रोशन घिमिरे, कुशल गौतमसहितको अगुवाइमा युवाहरुको टोलिले त्यहा थुप्रिएका मदिराजन्य पदार्थका वोत्तलहरुदेखि विभिन्न किसिमका फोहोर संकलन गरी सरसफाइ गरेका छन । नुवाकोटमा घुम्न जानेहरु मध्ये केहीले मदिरा जन्य पदार्थ सेवन गरी सार्वजनिक स्थलमा  फ्याक्ने गर्दा निकै फोहोर देखिएको अवस्थामा सरसफाइ गरेको घिमिरेले बताए । ऐतिहासिक स्थलमा जाने नया पर्यटकका लागि त्यहा पुग्दा वातावरण सुन्दर रमणिय लागोस् भनेर सरसफाइ गरेको उनले बताए । सरसफाइ गर्दा  संकलन भएको फोहोर वोराहरुमा जम्मा गरि नगरपालिकासग समन्वय गरी बयवस्थापनको काम हुने उनले बताए ।

नुवाकोटबाट हिम श्रृंखलाहरु एंव प्राकृतिक मनोरम दृष्यका साथै बुटवल देखि भैरहवासम्म तथा आसपासका दृष्य अवलोकन गर्न सकिन्छ । यस स्थानमा पुग्न बुटवल  वेलवास शान्तिचोकदेखि पर्यटन मार्ग हुदै मोटरबाटोमा जादा ११ किलोमिटर यात्रा गनुपर्दछ । त्यस्तै बुटवलको फुलवारीबाट कर्णेल उजिरसिंह सिढि मार्ग बुटवल बाट जाने हो भने करिब २ घण्टाको पैदल दुरीमा यहा पुग्न सकिन्छ ।
नुवाकोटमा भैरव कामना मन्दीर, खड्ग मन्दीर, राजा मणिमुकुन्द सेनको गिस्मकालिन दरवारको भग्नावशेष, तोपाहान क्षेत्र, खर खजना घर, राजा सुद्धोधनका गुरु ऋषि कालदेवल –अशतोष) को आश्रम स्थल, ऐतिहासिक रानीकुवा र प्राकृतिक मनोरम दृष्य बोकेको अत्यन्तै रमणिय संरचना रहेका छन ।
रुपन्देही र पाल्पाको मिलन विन्दुका रुपमा रहेको नुवाकोट गढीमा पर्यटन विकासका लागि नीजि क्षेत्रबाट करोडौ  लगानीका योजना अगाडी बढाइएको छ ।
तत्कालीन पाल्पाली राजा मणिमुकुन्द सेनले अंग्रेजी फौजसगको युद्धमा त्यतिबेलाको पाल्पा राज्यलाई विजयी गराउन बुटवलको जितगढी र नुवाकोटबाट युद्ध गरेको ईतिहास पाइन्छ । अंग्रेजसँगको युद्धमा वीर कर्णेल उजिर सिंह थापा नेतृत्वको नेपाली फौजले जितगढी र नुवाकोट गढीबाट विजय प्राप्त गरी नेपालीको शिर विश्वसामु उँचो बनाएका थिए ।