२०८१ आश्विन ४

कालिकामा ५५ वटा अक्षयकोषबाट छात्रवृत्ति प्रदान
  • लुम्बिनी खोज
  • २०७९ पुष ६, बुधबार १४:१५ गते

बुटवल, ६ पुस
लुम्विनी प्रदेशका पुर्वमन्त्री लिला गिरिले समुदाय र राज्यले शिक्षामा ठुलो लगानी गरिरहेपनी शिक्षा क्षेत्रले अपेक्षित उपलब्धी हासिल गर्न नसकेको बताएका छन । यसो हुनुमा नितिगत, राजनैतिक र प्रशासनिक कमजोरी भएको उनको भनाइ छ । कालिका मानवज्ञान माबीको ६२ औ वार्षिकोत्सबको अवसरमा आयोजित पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा बोल्दै गिरिले समाजका आवश्यकता र आशाहरु धेरै भएको र यी आवस्यकता र आशाहरु पूरा गर्नका लागि रुपन्देहिका केहि सामुदायिक विद्यालयहरुले पनि आशलाग्दा कामहरु गरेर देशका शिक्षा क्षेत्रको लागि उदाहरण प्रस्तुत गरेको भन्दै प्रशंसा गरे ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दिनेश थापाले विद्यालयका अवसर र चुनौतिहरुको चर्चा गर्दै तिनै तहका सरकारहरुको सहयोग, अभिभावकको साथ र विश्वास अनि शिक्षकहरुको लगनशिलताबाट कालिकाले शिक्षा क्षेत्रमा आशलाग्दो गोरेटो कोर्न सकेको बताए । कार्यक्रममा रामचन्द्र क्षेत्री, होम बहादुर गलामी, यमुना काउचा, लोकराज घिमिरे लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
उक्त कार्यक्रममा विद्यालयमा स्थापित ५५ वटा अक्षयकोषबाट १३१ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको थियो ।
विद्यालयको ६२ औं वार्षिकोत्सब मूल समारोह पुस ७ गते हुने र उक्त कार्यक्रममा उत्कृष्ट शिक्षक सम्मान , शिक्षा पत्रकारिता पुरस्कार वितरण तथा दोश्रो कालिका रनिङ शिल्ड विजेता विद्यालयलाई शिल्ड प्रदान गर्ने लगायतका कार्यक्रम रहेको विद्यालयले जनाएको छ ।