२०८१ आश्विन ८

लेखा समुह रुपन्देहीमा नेतृत्व चयन
  • लुम्बिनी खोज
  • २०७९ पुष १३, बुधबार ११:३८ गते

बुटवल,
लेखा समूह रूपन्देहीको तेश्रो अधिवेशनले लेखा नियन्त्रक लक्ष्मण पौडेलको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । समुहको अधिबेशनले उपाध्यक्षमा हरिप्रसाद ज्ञवाली, सचिवमा ओमेश कुमार गैरे, कोषाध्यक्षमा महंगु लोध र सहसचिवमा ताराप्रसाद खनाल चयन भएका छन ।
त्यस्तै सदस्यहरुमा नेत्र राना, मधु खड्का, सन्दिप पौडेल, रामप्रसाद कोइराला, कृष्ण कुमार बञ्जाडे र गिता अधिकारी चयन भएका छन ।
कार्यक्रममा लुम्बिनी प्रदेश अर्थ तथा सहकारी मन्त्रालयका सचिव नेत्र सुवेदी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय लुम्बिनी प्रदेशका सचिव रामहरी ज्ञवाली, लेखा समूह रूपन्देहीका संरक्षकद्वय प्रमुख कोष नियन्त्रक बिष्णु प्रसाद ज्ञवाली, प्रदेश लेखा नियन्त्रक दीपक ज्ञवाली, लेखा समूह पाल्पा र नवलपरासीका अध्यक्षलगायतको उपस्थीति रहेको थियो ।