२०८१ माघ ६

सियारी ५ का जेष्ठ नागरिकलाई बलाङकेट प्रदान
  • लुम्बिनी खोज
  • २०७९ पुष १९, मंगलवार १६:०३ गते

सियारी १९ पुष ।
रुपन्देहीको सियारी गाउँपालिकाले जेष्ठ नागरिकलाई सम्मान कार्यक्रमको थालनी गरेको छ । पालिकाले जेष्ठ नागरिकको सम्मान स्वरुप न्यानो कपडा बितरण कार्यको थालनी गरेको छ ।
सियारी गाउँपालिकाले पहिलो चरणमा वडा नम्बर ५ बाट जेष्ठ नागरिकलाई न्यानो कपडा बितरण शुरु गरेको हो ।
७० बर्षमाथिका जेष्ठ नागरिकलाई पुष महिनाको कठाङरिदो जाडोबाट जोगिन सहयोग पुगोस भन्ने उद्धेश्यले जेष्ठ नागरिकलाई बलाङ्केट बितरण गरिएको वडा कार्यालयले जनाएको छ ।

सियारी ५ का वडा अध्यक्ष धनपति खरेलले जेष्ठ नागरिकलाई जाडोबाट जोगाउन तथा सम्मान स्वरुप बलाङकेट बितरण गरिएको जानकारी दिए । उनले बडाको बार्षिक कार्यक्रम अन्तरगत एक सय ८५ जना जेष्ठ नागरिकलाई बलाङकेट बितरण गरिएको बताए । उनले यो कार्यक्रमलाई आगामि दिनमा पनि निरन्तरता दिने बताए ।
सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले पालिकाले जेष्ठ नागरिकको हितका लागि नीति बनाएर कार्यक्रम गर्दै आएको बताए । उनले जेष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य परिक्षण गर्ने देखि लिएर न्यानो कपडा बितरण लगाएतका कार्य गर्दै आएको बताए ।
सियारीले पालिका भित्रका १ हजार ३ सय ७८ जना जेष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य परिक्षण गरी औषधी उपचार गरेको बताए । उनले सियारीवासी नागरिकका लागि निशुल्क रगतको प्रबन्ध समेत मिलाईएको बताउदै यसको लाग लिन सबैलाई आग्रह समेत गरेका छन् ।
पालिकाले आफ्ना नागरिकलाई स्वास्थ्य सेवामा लाभ पु¥याउने उद्धेश्यले रगत र मोतिया बिन्दुको अपरेसनलाई निशुल्क बनाएको अध्यक्ष घिमिरेले बताए ।बलाङकेट बितरण कार्यक्रममा बोल्दै पालिकाकी उपाध्यक्ष तारा थारुले जेष्ठ नागरिकलाई सम्मान गर्न पाउदा आफुलाई खसी मिलेको बताईन ।

कार्यक्रममा पालिकाका प्रमुख प्रशाशकिय अधिकृत रोमनाथ न्यौपानेले वडा कार्यालयको बार्षिक कार्यक्रम अन्तरगत पाँच नम्बर वडाले जेष्ठ नागरिकको उच्च सम्मान स्वरुप न्यानो कपडा (बलाङकेट) बितरण गरेको बताए । उनले पालिका भित्रका अन्य बडाले आफ्ना बार्षिक कार्यक्रम अन्तरगत बिभिन्न कार्यक्रम गर्दै आएका छन् ।
न्यानो कपडा पाएपछि जेष्ठ नागरिक निकै खुसी देखिएका छन् । वडाले गरेको सम्मानले आफुहरुलाई निकै खुसी तुल्याएको उल्ल्लेख गर्दै सियारी ५ सिद्धपुरका ९६ बर्षिय सुकदेव पौडेलले न्यानो कपडासंगै औषधी उपचारका लागि राम्रो अस्पतालको प्रबन्ध मिलाउन सके निकै सहज हुने बताए ।
सियारी ५ कै देउकली पाण्डेले सियारी गाउँपालिकाले जेष्ठ नागरिकहरुका लागि स्वागतयोग्य काम गरेको बताउदै यस्ता कामलाई निरन्तरता दिन आग्रह गरिन ।