२०८२ माघ २३

को हुन लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरी ?
  • लुम्बिनी खोज
  • २०७९ पुष २७, बुधबार १५:५३ गते

बुटवल ।   विस २०११ साल चैत १४ गते गुल्मीको रुरु गाउपालिका ५ सौरीबोटमा जन्मिएका लिला गिरी ०३४ सालदेखि रुपन्देहीमा बसोबास गर्दै आएका छन । तिलोत्तमा नगरपालिका १ का स्थायी बासिन्दा गिरी बहुदलिय ब्यवस्थाको पहिलो जननिर्वाचित अध्यक्षका रुपमा तत्कालिन शंकर नगर गाविसको अध्यक्ष भएर काम गरेका थिए ।

२०४६ सालमा नेकपा मालेको जिल्ला कमिटी सदस्य, सोही समयमै जिल्ला वाममोर्चाको सदस्य भएका थिए । २०४७ सालमा पार्टी एकीकरण भएपछि नेकपा एमाले रुपन्देहीको जिल्ला कमिटी सदस्य, २०५६ सालमा जिल्ला कमिटी रुपन्देहीको उपसचिव, २०५८ देखि ०६१ सम्म कार्यवाहक सचिवको रुपमा उनले काम गरे । २०६१ देखि ०६६ सम्म र २०६६ देखि ०६९ सम्म नेकपा एमाले रुपन्देही सचिव र अध्यक्ष भएर पार्टी हाक्ने काम गरे । २०६९ सालमा एमालेको लुम्विनी अञ्चल समन्वय कमिटीको सदस्य र संगठन विभाग प्रमुख, २०६९ देखि ०७० सम्म अञ्चल कमिटी सदस्य र नवौ राष्ट्रिय महाधिबेशनपछि केन्द्रीय कमिटी सदस्य र रुपन्देही जिल्ला इन्चार्ज का रुपमा काम गरे । नेकपा लुम्बिनी प्रदेश कमिटी अध्यक्ष, केन्द्रीय सदस्य बनेका गिरी चितवनमा सम्पन्न भएको पार्टीको दशौं महाधिवेशनबाट नेता गिरी पोलिटब्यूरो सदस्य र लुम्बिनी प्रदेश कमिटीको सहइन्चार्जका रुपमा रहेका छन । लुम्विनी प्रदेशमा शंकर पोखरेल नेतृत्वको सरकारमा मन्त्रीका रुपमा समेत काम गर्ने अवसरका पाएका गिरी प्रदेशमा नया समिकरणसगै मुख्यमन्त्रीको जिम्मेवारी समाल्न पुगेका छन ।

राजनीतिक जीवनका क्रममा उनले ०६१ माघ १९ को शाही कु को विरोध गरेको भन्दै ०६१ माघ २७ गते देखि २०६२ बैशाख २८ गतेसम्म जेल जीवन समेत विताए । स्नातक सम्म अध्यान गरेका गिरी रुपन्देही २ को एक बाट प्रदेश सभा सदस्यका लागि प्रत्यक्ष निर्वाचित भएका थिए ।