२०८१ आश्विन ८

पश्चिम नेपाल विकास ट्रष्टद्धारा न्यानो कपडा वितरण
  • लुम्बिनी खोज
  • २०७९ पुष ३०, शनिबार १३:१५ गते

बुटवल ३० पुस ।
पश्चिम नेपाल विकास ट्रष्टले भैरहवा स्थीत सिद्धार्थ बालगृहका बालवालिकालाई न्यानो कपडा प्रदान गरेको छ । ट्रष्टले शनिवार बालगृहका सञ्चालक कृष्णमाया गुरुङलाई बालबालिकाका लागि कपडा प्रदान गरेको हो ।
ट्रष्टका अध्यक्ष मोमप्रसाद गुरुङ, सल्लाहकार सकुन्तला पुन,उपाध्यक्ष माधवप्रसाद आचार्य, सचिव पदम घिमिरे, कोषध्याक्ष लक्ष्मि अधिकारीसहित पदाधिकारी तथा सदस्यहरु राधा वेल्वासे, देवीप्रसाद घिमिरे, मथुरा पाण्डेलगायतको उपस्थीतिमा न्यानो कपडा वितरण गरिएको हो । सचिव घिमिरेका अनुसार १८ बालबालिकाका लागि न्यानो कपडा स्वेटर, हाइनेक प्रदान गरिएको छ ।


कार्यक्रममा वोल्दै सल्लाहकारहरु सकुन्तला पुन, विष्णु घिमिरे, अध्यक्ष मोमप्रसाद गुरुङ, उपाध्यक्ष माधवप्रसाद आचार्य, सचिव पदम घिमिरेले सस्थाले आगामी दिनमा पनि यस किसिमका सहयोगका कार्यक्रमलाई निरन्तरता दिने बताएका थिए । उनीहरुले बालगृह सञ्चालिकाले खेलेको भुमिकाको प्रशंसा समेत गरेका थिए ।
कार्यक्रममा बालगृह सञ्चालिका गुरुङले बालगृह सञ्चालन गर्दाका अनुभव राखेकी थिइन । उनले बालबालिकाको सेवा गर्नका लागि आफ्नै भवनको खाचो रहेको समेत बताएकी थिइन । बालगृहमा विभिन्न उमेर समुहका बालबालवालिका रहेका छन ।