२०८२ माघ २३

लुम्बिनीका मुख्यमन्त्री गिरीले पाए विश्वासको मत 
  • लुम्बिनी खोज
  • २०७९ माघ ५, बिहीबार १०:५७ गते
बुटवल ५ माघ ।
लुम्विनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले संसदबाट विश्वासको मत पाएका छन । लुम्विनी प्रदेश सभाको विहिवारको बैठकबाट उनले विश्वासको मत पाएका हुन । संसदमा उपस्थीत सांसद मध्ये गिरीलाई ५७ जना सांसदले मत दिएका छन । यहा विपक्षमा २८ मत परेको छ । मत परिणाम सार्वजनिक गर्दै सभामुख तुलाराम घर्ती मगरले ८७ सांसद मध्ये संसदमा उपस्थीत सभामुख बाहेक ८५ सांसद मध्ये ५७ सांसदको मत मुख्यमन्त्रीले पाएको बताए ।
लुम्विनी प्रदेशमा गत पुस २७ गते एमालेका पोलिटब्यूरो सदस्य लिला गिरी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । प्रदेश प्रमुख समक्ष गिरीले ५८ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री नियुक्तका लागि दावी पेश गरेका थिए ।
उनको दावी पेश पछि प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । उनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।