२०८१ श्रावण १२

प्रेस सेन्टर रुपन्देहीद्वारा खाद्यान्न वितरण
  • लुम्बिनी खोज
  • २०७९ माघ १५, आईतवार १६:४९ गते

बुटवल ।
जनपक्षिय पत्रकारहरुको संस्था प्रेस सेन्टर नेपालको १९ औं स्थापना दिवस देसभर विभिन्न सामाजिक उत्तरदायित्बका कार्यक्रमहरुगरी मनाइएको छ । यसैक्रममा प्रेस सेन्टर नेपाल रुपन्देहीले स्थापना दिवसको अवसरमा आइतबार बुटवल जितगढिमा कुष्ठरोग प्रभावित व्यक्तिहरू संरक्षण संस्थामा आश्रयमा रहेकाहरुलाई खाद्यान्न वितरण गरेको छ ।
स्थापना दिवसको अवसरमा चामल, दाल, चिनि, खानेतेल, चियापत्ती, बिस्कुट, चाउचाउ लगायतका सामग्री सहयोग गरिएको जिल्ला सचिव बिष्णु पोख्रेलले जानकारी दिए ।

कार्यक्रममा बोल्दै सेन्टरका प्रदेश अध्यक्ष मानसिह विस्वकर्मा, वरिस्ठ उपाध्यक्ष तथा रुपन्देही जिल्ला इन्चार्ज रुद्रहरि कुँवरले सेन्टरले पत्रकारिताका माध्यमबाट समाजमा आबाज बिहिनहरुको आवाज बनेर काम गरेको बताउदै सामाजिक उत्तरदायित्ब सहितको जनपक्षिय पत्रकारिता नै वास्तविक पत्रकारिता भएकोमा बताएका थिए ।
कार्यक्रममा संस्थाका अध्यक्ष चित्रमान गुरुङले पत्रकारहरुले सहयोगको प्रंससा गदै धन्यवाद ज्ञापन गरेका थिए ।