२०८१ आश्विन ८

सरकारबाट बाहिरिने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय
  • लुम्बिनी खोज
  • २०७९ माघ २२, आईतवार ११:०० गते

काठमाण्डाै । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिने भएको छ ।  आइतवार बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको सभापति रवि लामिछानेले जानकारी दिए ।

अब पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरूले राजीनामा दिनेछन् । तर बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन भने यथावत् नै राख्ने भएको छ ।

सरकारमा उपप्रधान एवम् गृह मन्त्री  रहेका  सभापति रवि लामिछानेको पद सर्वोच्च अदालतको फैसलासँगै खारेज भइसकेको छ । शिक्षा मन्त्रीमा शिशिर खनाल, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा डोलप्रसाद अर्याल र स्वास्थ्य राज्यमन्त्रीमा तोसिमा कार्की थिए  । उहाँहरूले  राजीनामा दिने सभापति लामिछानेले जानकारी दिए ।