२०८१ आश्विन ४

भारतीय सन्त मुरारी वापूद्धारा मायादेवीको दर्शन
  • लुम्बिनी खोज
  • २०७९ माघ २४, मंगलवार ०२:४५ गते

लुम्बिनी ।
भारतका प्रख्यात सन्त मोरारी बापूले सोमबार बुद्ध जन्मस्थल लुम्बिनी स्थित मायादेवी मन्दिरको दर्शन गरेका छन । सन्त वापूलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय, कोषाध्यक्ष सिद्धिचरण भट्टराई, योजना प्रमुख सरोज भट्टराई, बोर्ड सदस्य विश्वराज पौडेल, सुचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राईले स्वागत गरेका हुन ।

पहिलो पटक लुम्बिनीमा पाइला टेकेका वापूले मायादेवि मन्दिरभित्र रहेको बुद्धजन्मस्मारक (मार्कन स्टोन), अशोक स्तम्भ, पुष्करणी ताल, पवित्र बगैँचाको जानकारी तथा अवलोकन गरे । उक्त अवसरमा उपाध्यक्ष भिक्षु मैत्तयल बुद्धजन्मस्थल लुम्बिनीका बारेमा जानकारी दिएका थिए । उपाध्यक्ष मैत्तयले राजा अशोक स्तम्भमा लेखिएको पाली भाषा नै लुम्बिनीमा बुद्ध जन्मको अकाटय प्रमाण भएको बताए ।
उक्त अवसरमा सन्त वापूले लुम्बिनी विकास कोषको भिजिटि बुकमा बुद्धजन्मस्थलमा आउन पाउँदा एकदमै शौभाग्यशाली अनुभव गरेको लेखेका छन । पवित्र पावनधाममा आउन पाउँदा अन्त्यतै खुशि र शान्ति मिलेको वापूले उल्लेख गरे । सन्त वापूले मन्दिर परिसरमा दीप प्रज्जवलन गरि पूजा गरेका थिए।
लुम्बिनी स्थित अन्तर्राष्ट्रिय सम्मेलन तथा ध्यान केन्द्रमा रामकथा प्रेमयज्ञ समितीको आयोजनामा मंगलबारबाट शुरु हुने रामकथा प्रवचनका लागि वापू यहाँ आएका हुन । बुद्ध जन्मस्थल लुम्बिनीमा पाइला टेक्ने इच्छा अनुसार नै वापू लुम्बिनी आएको आयोजकहरुले बताएका छन् । रामकथा प्रेमयज्ञ समितीको आयोजनामा लुम्बिनी स्थित अन्तर्राष्ट्रिय सम्मेलन तथा ध्यान केन्द्रमा मंगलबारदेखि ९ दिनसम्म कथावाचन हुने छ । वापू सहितको टोली विमान चार्टड गरेर गौतमबुद्ध विमानस्थल हुँदै लुम्बिनी आएका हुन ।