२०८१ श्रावण १२

ढुवानी व्यवसायीद्धारा बस ब्यवसायीको नेतृत्वलाई सम्मान
  • लुम्बिनी खोज
  • २०७७ चैत्र ६, शुक्रबार ११:४२ गते

बुटवल, ६ चैत्र ।
ढुवानी व्यवसायी समिति, रुपन्देहीले पश्चिम नेपाल बस व्यवसायी प्रा.ली.को हालै सम्पन्न अधिवेशनबाट निर्वाचित सञ्चालक समितिलाई शुक्रवार एक कार्यक्रमको गरि सम्मान गरेको छ ।
सम्मान कार्यक्रममा बोल्दै ढुवानी तथा यातायात क्षेत्रका अगुवाहरुले ढुवानी तथा यातायात क्षेत्र एक अर्काका परिपुरक संस्था भएको हुदा यसमा आउने कुनै पनि प्रकारका समस्याको समाधानका लागि सहकार्य गरेर जानु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा बोल्दै पश्चिम नेपाल बस व्यवसायी प्रा.ली.का नवनिर्वाचित अध्यक्ष दधिराम खरेलले आगामी दिनमा दुबै संस्था सहयोगी संस्थाका रुपमा रहने भन्दै ढुवानी व्यवसायीले व्यवसायीहरुवीचको सम्बन्ध बढाउन सम्मान कार्यक्रम राखेर उदाहरणिय काम गरेको बताए ।
नेपाल ढुवानी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष लोकराज पाखेरलले राज्यका नीति र व्यवहारले व्यवसाय चलाउन निकै कठिन भएको भन्दै त्यसलाई हटाउन यातायात तथा ढुवानी व्यवसायीहरु एक भएर अगाडी बढ्नुपर्ने बताए ।
ढुवानी व्यवसायी समिति, रुपन्देहीका निवर्तमान अध्यक्ष कमल घिमिरेले व्यवसायलाई मजबुत र मर्यादित बनाउन व्यवसायीक एकता जरुरी हुने बताउदै व्यवसायीक संघसंस्थावीचको सहकार्यमा जोड दिए ।
समितिका अध्यक्ष श्यामराज हमाल, वरिष्ठ उपाध्यक्ष अनिल श्रेष्ठ, महासचिव रामप्रसाद गैरेलगायतले यातायात क्षेत्रका बारेमा चचाए गरेका थिए । कार्यक्रममा बस प्रा.लि.का नवनिर्वाचित सञ्चाालनहरुलाई खादा तथा टिका लगाएर सम्मान गरिएको थियो ।