२०८२ माघ २२

लुम्विनीमा मन्त्रिपरिषद विस्तार, असन्तुष्ट मन्त्री केसीले अझै समालेकी छैनन जिम्मेवारी 
  • लुम्बिनी खोज
  • २०७९ फाल्गुन ७, आईतवार १४:४८ गते

बुटवल ७ फागुन ।
लुम्विनीमा मुख्यमन्त्री लिला गिरीले मौजुदा मन्त्रिपरिषदमा जिम्मेवारी हेरफेर र नियुक्त गरी मन्त्रिपरिषद विस्तार गरेका छन ।  आइतवार मुख्यमन्त्री गिरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले भण्डारीलाल अहिरलाई कृषि तथा भुमि ब्यवस्था मन्त्रीमा नियुक्ति गरेका छन ।त्यस्तै तुल्सीराम शर्मालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको जिम्मेवारी दिइएको छ । शर्मा गत माघ २८ गते कृषि तथा भुमि ब्यवस्था मन्त्रीमा नियुक्त भएका थिए । प्रदेशमा मन्त्रीहरु कम नियुक्त गर्ने गरी १३ बाट मन्त्रालय १० मा झारिएसगै गत माघ २८ गते मन्त्रिपरिषदलाई १० सदस्यीय बनाइएको थियो । तर आइतवार थप एक मन्त्री नियुक्त गरिएको छ । मन्त्रालयको संख्या भने बढाइएको छैन ।

 

यहा मुख्यमन्त्रीमा नियुक्त भएको एक महिनापछि लिला गिरीले गत माघ २८ मा मन्त्रिपरिषद विस्तार गरेका थिए । गिरीले त्यतिबेला मन्त्रीपरिषद १० सदस्यीय बनाएका थिए । मन्त्रीपरिषदमा एमालेसहित माओवादी केन्द्र, राप्रपा र जनमत पार्टीको प्रतिनिधितव भएको थियो । आइतवार थपिएका अहिर जसपाका सांसद हुन । यहा गिरीलाई विश्वासको मत दिएका दलहरु मध्ये अझै केही दल सरकार भन्दा बाहिरै रहेका छन ।
यहा मन्त्रीमा नियुक्त भएकी माओवादी केन्द्रकी नेतृ कृष्णा केसीले भने मन्त्रालयको जिम्मेवारी पाएको एक साता भन्दा पनि धेरै भइसकेको छ, तर उनले जिम्मेवारी समालिकी छैनन । उनलाई आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ । केसीले पार्टी भित्र छलफल नगरी दलको नेताले मन्त्रालयको जिम्मेवारी तोक्ने निर्णय गरेको भन्दै असन्तुष्टी जनाउदै मन्त्रालयको जिम्मेवारी समालेकी छैनन ।
यहा माओवादी केन्द्रका नेता जोखबहादुर महरा आर्थिक मामिला , एमालेका चेतनारायण आचार्य खानेपानी, ग्रामिण तथा शहरी विकास, माओवादी केन्द्रका इन्द्रजीत थारु भौतिक पूर्वाधार विकास, नेकपा एमालेका विष्णुप्रसाद पन्थी स्वास्थ्य र माओवादीकी कृष्णा केसी आन्तरिक मामिला कानुन तथा सहकारीमन्त्री रहेका छन् ।

यस्तै एमालेका दुर्गा प्रसाद चौधरी वन तथा वातावरणमन्त्री , राप्रपाका जानकी प्रसाद यादव उद्योग पर्यटन तथा यातायात व्यवस्थामन्त्री, र जनमत पार्टीका चन्द्रकेश गुप्ता सामाजिक बिकास मन्त्री रहेका छन् ।