२०८१ श्रावण १२

शाइन रेसुंगा आर्थिक पत्रकारिता पुरस्कार नेपाललाई
  • लुम्बिनी खोज
  • २०७९ फाल्गुन ११, बिहीबार १२:४९ गते

बुटवल ।

बुटवलका पत्रकार माधव नेपालले शाइन रेसुंगा उत्कृष्ट आर्थिक पत्रकारिता पुरस्कार प्राप्त गरेका छन् ।शाइन रेसुंगा डेभलपमेन्ट बैंक लि.ले स्थापना गरेको उक्त पुरस्कार बैंकको १५ औं वार्षिकोत्सवको अवसरमा बिहीबार पत्रकार नेपाललाई प्रदान गरिएको हो ।

नेपाल पत्रकार महासंघ रुपन्देहीसंगको सहकार्यमा स्थापित पुरस्कारको राशी ५० हजार १ सय ११ रुपैयां रहेको छ । बैंकले पत्रकार महासंघ रुपन्देहीमा ५ लाख रुपैयांको अक्षयकोष स्थापना गरेको छ । उक्त अक्षयकोषको ब्याजबाट गत वर्षदेखि पुरस्कार वितरण गर्न थालिएको हो । दुई दशकदेखि पत्रकारितामा क्रियाशील पत्रकार नेपाल बीबीसी नेपाली सेवा र बुटवल एफएममा कार्यरत छन् ।

बैंकका अध्यक्ष थानेश्वर पौडेल,प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल र पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले पत्रकार नेपाललाई पुरस्कार राशीको चेक र कदर पत्रले पुरस्कृत गरेका हुन् ।

वार्षिकोत्सवको अवसरमा बैंकले गुल्मीको बलेटक्सार र तिलोत्तमाको ज्योतिनगर शाखालाई उत्कृष्ट ग्रामीण शाखाका रुपमा पुरस्कृत गरेको छ । समारोहमा बैंकले डिजिटल क्रेडिट कार्ड शुभारम्भ गरेको छ ।