२०८१ श्रावण १२

लुम्बिनी प्रादेशिक अस्पतालको १ सय १३औं वार्षिकोत्सव
  • लुम्बिनी खोज
  • २०७९ फाल्गुन १६, मंगलवार ०८:३४ गते

बुटवल ।

बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल सुरु भएको एक सय १३ वर्ष पूरा भएको छ । अस्पतालले १ सय १३ वर्ष प्रवेशको अवसरमा सोमबार विशेष समारोह आयोजना गरेर वार्षिक उत्सव मनाईएको हो।

अस्पताल को १ सय १३ औ बार्षिक उत्सवको उदघाटन गर्दे लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री विष्णु पन्थीले सरकारले अगाडी बढाएको लुम्बिनी प्रदेशकै गौरवको योजानको रुपमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल लाई नमुना विशिष्टकृत अस्पताल बनाउने बताएका छन् ।

उनले गुरुयोजना अनुसार नै अस्पतालको स्तरउन्नती हुने जानकारी दिदै १० तले आधुनिक भवन निर्माणको लागि रोकीएको ठेक्का प्रक्रिया अविलम्ब सुरुवात गर्ने समेत आश्वासन दिए । स्वाथ्य मन्त्री पन्थीले प्रदेशको सबैभन्दा महत्पूर्र्ण अस्पतालको रुपमा बिकास गर्ने योजना रहेको बताएका हुन ।

उनले बुटवल आर्थिक राजधानीको कोसेढुङ्गा भएको भन्दै विपतमा तुरुन्त उपचार पाइन्छ, बाँच्न सकिन्छ भन्ने भरोसा दिलाउन सक्ने गरी अस्पताल विकास हुने बताए । उनले भने– यो हस्पताल विकासे लागि सिङ्गो प्रदेशको चासोको केन्द्र हो , यसको व्यवस्थापनमा मा हामी लाग्छौं ।’

पूर्व स्वास्थ्य मन्त्री भोजप्रसाद श्रेष्ठले अप्ठ्यारो अवस्थामा अस्पतालले स्वास्थ्य संकटमा ठूलो योगदान दिएको बताउँदै पछिल्लो समयमा विरामीहरुले बिमाबाट भएका हैरानी अन्त्य गर्नका लागि अस्पताल प्रशासनले कदम चाल्नुपर्ने बताए ।

अस्पतालको सुदृढीकरणका निमित्त, गुणस्तर व्यवस्थापन गर्न आवश्यक भएको भन्दै अरवौंको भवन निर्माण गर्ने काममा अघिल्लो सरकार कुबाटोमा लागेकै कारण आधा सम्पन्न हुने अवस्थमा अस्पताल निर्माण नै सुरुवात नभएको दावी गरे । कुन कुरालाई प्राथमिकतामा राख्ने भन्ने विषयमा जवाफदेही हुनुपर्नेमा जवाफदेही नहुँदाको परिणाम अस्पताल सही रुपले अगाडि बढ्न नसक्ने पुर्व मन्त्री तथा वर्तमान सांसाद श्रेष्ठको भनाई रहेको थियो ।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले कोभिड कालमा अस्पतालले दिएको सुविधा प्रसंशायोग्य रहेको भन्दै एमडी कार्यक्रम सञ्चालन गर्ने कार्यक्रममा सहयोग रहने बताए । उनले बुटवलमा हुने विभिन्न सेवा प्रदायक संस्थामा बुटवल उपमहानगरपालिका सहयोगी निकायको रुपमा रहने बताउँदै यसमा सहकार्य गर्नका लागि आग्रह गरेका थिए । कार्यक्रममा अस्पतालमा निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. ज्ञानहरी मरासिनीले विरामीको चाँप अनुसार अस्पतालको भौतिक पुर्वाधार अभाव रहेको बताएका थिए । उनले निर्माण गर्ने भनिएको १० तले भवन छिटोभन्दा छिटो निर्माण प्रकृया अगाडि बढाउनको लागि प्रदेश सरकारसंग माग समेत गरे ।

कार्यक्रममा पूर्व अध्यक्षहरुबाट बाबुराम भट्टराई ,पूर्व मेडिकल सुपरिटेन्डेन्टको तर्फबाट डा. राजेन्द्र खनाल, पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव बिक्रम खड्का लगायतले आ आफ्नो भनाई राखेका थिए । कार्यक्रममा सेवा निवृत्त कर्मचारी विश्वनाथ गौतम, कृष्णप्रसाद सापकोटा, युग कुमारी खनाल लाई सम्मान समेत गरिएको थियो ।