२०८१ श्रावण १२

लुम्बिनी साँस्कृतिक नगरमा भु–उपयोग सम्बन्धी अन्तरक्रिया
  • लुम्बिनी खोज
  • २०७९ फाल्गुन १६, मंगलवार १६:५६ गते

बुटवल ।
रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकामा भु–उपयोग सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।लुम्बिनी साँस्कृतिक नगरपालिकाका मेयर सजरुद्धिन मुसलनमान,प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र पाण्डे,वडा न.१ देखि १३ सम्मका जनप्रतिनिधी लगायतका बिच भु–उपयोग निति, भु–उपयोग ऐन,नियमवाली सम्बन्धी छलफल गरिएको हो ।

नगरका समग्र भुमिलाई विभिन्न भु–उपयोगका क्षेत्रमा वर्गिकरण गर्ने,भुउपयोग योजना तर्जुमा गर्न,कृषि भुमिको संरक्षण,जैविक विविधता तथा एंव एतिहासिक साँस्कृतिक सम्बन्धी योजना तर्जुमा,प्राकृतिक र मानव सिर्जित प्रकोपजन्य जोखिमहरुको न्युनिकरण गर्न भु–उपयोग नितिको आवश्यक रहेको छलफलमा भनिएको छ । सो सम्बन्धी कार्य नगरले सुरु गरिसकेको जानकारी गराईएको छ ।