२०८१ श्रावण १२

लुम्बिनी साँस्कृतिक नगरपालिकामा किशोरीहरुको सवालमा अन्तरक्रिया
  • लुम्बिनी खोज
  • २०७९ फाल्गुन १७, बुधबार १७:०० गते

बुटवल ।
लुम्बिनी साँस्कृतिक नगरपालिकामा किशोरीहरुको सवालमा न्यायिक समिति तथा सरोकारवाला संगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै लुम्बिनी साँस्कृतिक नगरपालिकाका उपमेयर कल्पना हरिजनले किशोरीको क्षेत्रमा सवै तहको चासो हुनुपर्ने बताइएकी छन् । किशोरीहरुको सवाल सम्बोधनका लागि न्यायिक समिति तथा सरोकारवाला संगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै न्यायिक समिति संयोजक समेत रहेकी हरिजनले हिंसाको जोखिमबाट किशोरीलाई बचाउन म संगै सवै सरोकारवाला लाग्नुपर्ने बताएकी हुन् । उनले पछिल्लो समय नाबालिका देखि किशोरी यौन शोषणमा परेको दुखेसो पोख्दै यस प्रकृतिका जघन्य घटनालाई राज्यले संवेदशिलताका साथ लिनुपर्नेमा जोड दिईन् । यि यस्ता घटनामा आफु पनि सचेत भएको बताउदै उपमेयर हरिजनले किशोरीका लागी विभिन्न कार्यक्रमहरु संञ्चालन गर्दै जाने बताईन् ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय लुम्बिनी प्रहरी निरिक्षक गजेन्द्र रावलले महिला तथा बालबालिको क्षेत्रमा प्रहरीले निर्णायक काम गर्दै आएको बताएका छन् । हिंसा सम्बन्धी आएका मुद्धाहरुलाई प्रहरीले गम्भीरताका साथ हेर्ने बताउदै विभिन्न प्रलोभनमा नपर्न आग्रह गरेका छन् । कार्यक्रममा लेखा अधिकृत रामचन्द्र अर्याल,न्यायिक समिति शाखा प्रमुख,जनप्रतिनिधी,५२ जना किशोरी लगायतको उपस्थितिमा कार्यक्रम भएको हो । किशोरी अधिकार मञ्च रुपन्देही र ओरेक नेपालको संयुक्त आयोजनामा सो कार्यक्रम भएको थियो भने कार्यक्रमको संञ्चालन रंञ्जना चौधरीको रहेको थियो ।