२०८१ श्रावण १२

नवीनमा वक्तृत्वकला प्रतियोगिता
  • लुम्बिनी खोज
  • २०७९ फाल्गुन १९, शुक्रबार १२:३८ गते

बुटवल १९ फाल्गुन ।
नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालय देवीनगरमा वक्तृत्वकला प्रतियोगिता शुक्रवार सम्पन्न भएको छ ।
कार्यक्रममा वोल्दै सामाजिक विकास डिभिजन कार्यालय रुपन्देहीका कार्यालय प्रमुख दिवाकर भण्डारीले विद्यालयले विद्यार्थीको चौतर्फी व्यतित्व विकासमा गरेका अभ्यास उदाहरणीय भएकोले अन्य विद्यालयहरुले पनि अनुसरण गर्नु पर्ने धारणा व्यक्त गरे ।
विद्यालयमा कक्षा ४ र ५ मा अध्ययनरत विद्यार्थीहरुको वक्तृत्व क्षमता अभिवृद्धि गर्न नेतृत्व एवं व्यतित्व विकास र सिर्जनशिलताको विकास गरी विद्यार्थीहरुमा निडरता ल्याउनको लागि लुम्विनी प्रदेश, बुटवल उपमहानगरपालिका र विद्यालयको बारेमा अंग्रेजीमा शुक्रवार विद्यार्थीहरुलाई प्रस्तुतिकरण गराउने गरेको विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले बताए ।
कक्षा ४ र ५ मा अध्ययनरत ३८ जना विद्यार्थीहरुको सहभागिता रहेको कार्यक्रममा प्रथम कक्षा ५ वी की विनिता महत, द्वितीय कक्षा ५ सी एन्जेल भट्टराई र तृतीय कक्षा ४ वी की आरजु थापा भएकी थिइन् । प्रथम, द्वितीय र तृतीयलाई सामाजिक विकास डिभिजन कार्यालय रुपन्देहीका कार्यालय प्रमुख दिवाकर भण्डारीले नगद एक हजार, सात सय र पाँच सय हस्तान्तरण गरे ।
कार्यक्रममा अंग्रेजी विषय शिक्षकहरु दीपक ज्ञवाली, मुकेश पोखरेल, सागर कार्की लगायतले सहजीकरण गरेका थिए ।
विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतको अध्यक्षतामा अंग्रेजी शिक्षक ठाकुर ज्ञवालीको संचालनमा कार्यक्रम गरिएको थियो ।