२०८१ श्रावण १२

संक्रमण बढेपछि अर्घाखाचीमा निषेधाज्ञा
  • लुम्बिनी खोज
  • २०७८ श्रावण १५, शुक्रबार ०७:१८ गते

बुटवल – कोभिड-१९ को संक्रमण बढेपछि शनिबारदेखि अर्घाखाँचीमा पूर्णकालिन निषेधाज्ञा हुने भएको छ । १६ गते राति १२ बजेबाट लागू हुनेगरी ३० गतेसम्म पूर्ण निषेधाज्ञा जारी गर्ने डिसिसिएमसीको बैठकले निर्णय गरेको छ ।

कोभिडको उच्च जोखिम भएकाले कडा निषेधाज्ञा लागू गरिने प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलले जानकारी दिए । अत्यावश्यक पसलहरू बिहान ६ देखि ९ बजेसम्म खुल्ने छन् । यातायात, बैंक तथा वित्तीय संस्था पुर्ण रूपमा बन्द गर्नेे निर्णय भएको छ । अर्घाखाँचीमा बिहिबारसम्मको तथ्याङ्कमा ५ सय ५० जना सक्रिय संक्रमित रहेका छन् ।अर्घाखाँची लगायत १७ जिल्लामा कोरोनाको उच्च जोखिम रहेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । सरकारले अर्घाखाँची सहित १७ जिल्लालाई अति उच्च जोखिम क्षेत्रमा राखेको छ ।