२०८१ आश्विन ७

कालिकानगर सहयोगी टोल विकास संस्थाले गर्‍यो स्वास्थ्य शिविरसहित अभिमुखिकरण कार्यक्रम
  • लुम्बिनी खोज
  • २०७९ फाल्गुन २१, आईतवार १०:१७ गते

बुटवल २१ फागुन
बुटवल ११ स्थीत कालिकानगर सहयोगी टोल विकास संस्थाले स्वास्थ्य शिविरसहित अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका सल्लाहकार कृष्णप्रसाद न्यौपाने कार्यक्रम संयोजक रहेको कार्यक्रममा मुटु रोग, मधुमेह रोग, उच्च रक्तचापसहित विभिन्न रोगका बारेमा जानाकारी गराइएको थियो ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका का उप मेयर सावित्रा देवी अर्यालले नगरका बासिन्दाको हितमा उपमहानगरले कार्यक्रमहरु गर्दै आएको बताइन । उनले टोल संस्थाहरूको सर सल्लाह र सहयोग वाट नगरपालिका अगाडि वढेको चर्चा गर्दै टोल संस्थाहरले नगरपालिकालाई सहयोग गर्नु पर्ने धारणा राखिन ।
कार्यक्रममा करिब २ सय जनाको स्वास्थ्य जाच गरिएको कार्यक्रम संयोजक कृष्णप्रसाद न्यौपानेले बताए । उनका अनुसार सहभागिहरुले स्वास्थ्य सम्वन्धी राखेको जिज्ञासा डाक्टरहरुले मेटाएका थिए । सस्था अध्यक्ष जानुका अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा डाक्टरहरु लक्ष्मण कुमार दुवे र बिवेचना पन्थिले स्वास्थ्य जाच गनुका साथै सहभागिहरुलाई स्वस्थ्य जीवन सम्वन्धी जानाकारी गराएका थिए । कार्यक्रममा वडा नम्वर ११ का अध्यक्ष रामचन्द्र क्षेत्री, पत्रकार महासंघका प्रदेश महासचिव विक्रम खड्का, विभिन्न क्षेत्रका ब्यक्तित्वहरु माया दर्नाल, राम प्रसाद खनाल, बिमल घिमिरे, कौशिला खनाललगायतको सहभागिता रहेको थियो ।